उदेश्य के लिनु त उडी छुनु चन्द्र एक रे
चन्द्र त छोउला तर पहिले उड्न जान्नु पर्छ रे
बाबु आज पनि ढिला आइस, कहिले काँही त चाडै आउने गर
नानी बिहे गर्नु पर्ने, केटा हेर्न आउँदा कुर्ता लाउने गर |
देशमा के छ त पढीवरी विदेश जा बरु
तँ के गरिरा'छस, हेर कँहा पुगी सके तेरा साथिहरु
सुन्दा सुन्दै मेरो चन्द्र नै हराउन थाल्यो
उड्ने पंख काटिएर हुल पछी दौडिने सोच आउन थाल्यो
जित्नु छ सबैलाई भन्दै आफूसंगै हार्न थाले
समाजको लागि पो हो, आफ्नो खुसि एक एक गरि मार्न थाले
प्रश्न गर्न थाले फेरी यहाँ कसको लागि जिउदैछु
कसलाई खुसि पार्न आफ्नै खुसिको रगत पिउदैछु
आमा खुसि हुन्नन् मेरी, डलर हातमा परेर
म खुसि हुन सक्दिन, आफ्नै नजरबाट झरेर
बरु डटछु लागेर, कुर्छु बरु, मेरा पंख आउँछन् फेरी
खुसि हुन सिक्छु, केहि गर्न जान्छु, सपनाले मेरा जोशहरु पलाउछन फेरी
एक्लै छुइन म, वरीपरी हेर्छु, साना साना पंख देख्छु
बिर्सेका सबै सपना जोड्छु, अनि ठुलो सपना बनाइ लेख्छु
अब चन्द्र हैन उदेश्य, ताराको लिएको छु
उड्ने कोशिस गर्दै अरुलाई पंख ठुलो बनाउने जिम्मा दिएको छु
उड्नु छ माथि सबै मिलि, ताराहरु टिप्नु छ
जमात बनाउनु छ पंखको, अनि नयाँ मनमा उदेश्यको सपना लिप्नु छ
आमा खुसि हुन्छिन जब तारा लिई आउने छु
सबैको हातमा साना साना तारा हुन्, सायद तेही दिन मैले खुसि पाउने छु
via Pavitra Gautam
Pavitra is co-founder and CEO at Karkhana, an education company.
Comments
Post a Comment
Thanks for the comment! :)