मैले नबुझेको दशैं
तल लेखिएका
कुराहरु, मैले भोगेका, समाजमा
देखेका अनुभवहरुमा आधार भै लेखिएका हुन् | कसैको
जीवनसंग मेल खान गएमा, संयोग
मात्र हुनेछ | कसैलाई आपतिजनक लागेमा, "SUE ME " ;)
PS: I am not a 'literary' writer. I can't even read novels. So, please don't judge my writing from a literary perspective. :D
PS: I am not a 'literary' writer. I can't even read novels. So, please don't judge my writing from a literary perspective. :D
Dashain source :imnepal.com |
" आहा, भोलिबाट
दशैं.. "
ऊ उत्साहित
छ तर म छैन | उसको अनुहारमा खुसीको उज्यालो देख्छु, तर मेरो जीवनमा खासै फरक परेको छैन, जस्तो थ्यो तेस्तै छ |
हैन, त्यो खुसि के को? मैले
दशैंको कुन पाटो बुझेको छैन? के छ
दशैंमा तेस्तो खास खुसीको कारण जुन मैले अझै बुझ्न सकेको छैन?
घरबाट
टाढीएर बसेकाहरुलाई धेरै समय पछि घर जानको खुसि होला, आफ्ना बाबु आमा , आफन्त र
मित्रहरुलाई भेट्न पाउने खुसि होला...तेइ हो त मैले बुझ्न नसकेको ?
"तेरो पो घर काठमाडौँमै छ, बाउ आमा
संगै छन्, तेइ भएर तलाई खासै फरक नपरेको" भनेर भन्दा हुन् | म त घरबाट कैलेइ टाढा नबसेको जस्तो कुरा पो गर्छन गाठे !
तिनीहरुको गल्ति पनि हैन, थाहा भए पो
| ऐले २४ कटेर २५मा टेके , आफुले होस्
सम्हालेको उमेर देखि हेर्ने हो भने, घर भन्दा
टाढा धेरै बिताए होला मैले आफ्नो जीवन | दमौलीमा
कक्षा ५ सकेर ६ मा जाने तयारीमा थिएँ, सायद १०-११
वर्षको हुदो हूँ, हाम्रा
प्यारा मा.ओ. ले प्राइभेट स्कुल बन्द गर्ने घोषणा गरे | खै के बुद्धी लगाका थिए ति बुद्धिमान भनौदाहरुले | पढाई राम्रै थियो मेरो , बाउ आमालाई
छोराले राम्रै ठाउँमा पढोस भन्ने चाहन्थे | तेसैले
दमौलीको सरकारी स्कुलमा नराखी पोखरा पठाउने सुर कसे | पढाईमा राम्रो थिए, नत्र भुत्र
पथाउथे होलान "पोखरा" ? बाउ आमालाई
माया त लागिहाल्छ आफ्नो सन्तानको, तेस्मा
कुनै दुइ मत नै छैन | तर जति
माया लागे पनि मेरो पढाई राम्रो नभाको भए चै पक्कै पठाउने थिएनन् है , तेस्तो आर्थिक हैसियत थिएन |
पोखराकै
एउटा स्कुलमा भर्ना भए | पहिलो चोटी
घरबाट टाढीएर बस्न लागेको थिए | पोखरामा
आफन्त भनौदाहरु रहेछन , पछि थाह
भयो , तर म बस्न मानिन | तेइ
स्कुलकै होस्टेलमा बस्छु भनें | केहि समय
पछि , सायद १ वर्ष पछि, मेरो दाइ
पर्ने एक जना तेइ स्कुलमा भर्ना हुने कुरा चल्यो, तेसैले
बाहिरै कोठा लिएर दुइ जना संगै बस्ने कुरा भयो | १ वर्ष जति
संगै बसियो, पछि कारणबस फेरी होस्टेल नै बस्न थाले | SLC पास गरियो, खत्रै
पेर्सेंट ल्याइयो, मार्कसिट
देखाउन लायकको छ, जे होस् | दिमाग तेती पाको भैसकेको थिएन| "पेर्सेंट
राम्रो छ, साइन्स पढ्नुपर्छ , डाक्टर
बन्नुपर्छ" भन्न थाल्नुभो घरमा | आफु मोरो
सोझो, हुन्छ भनिहाले | घर बसेको
केहि महिना मात्र भाको थियो, फेरी
टाढीएर बस्ने दिन आए | भक्तपुरमा
एउटा सानो कोठा लिएर बसे | सायद ८-९
महिना बसे होला, तेस्पछि सबै परिवार काठमाडौँ आउनु भो, अनि बाकिको १२को पढाई परिवारसंग नै बसे | अब ब्याचलर्स गर्ने बेला थ्यो | कम्प्युटर
इंजिनीरिंग पढ्ने सुरमा पुगे | (अह
एम.बि.बि.एस. पढीन , त्यो फेरी arkai katha छ) | के.यु.
भर्ना भए, धुलिखेलमा थियो, काठमाडौँ , अझै भनुम कोटेश्वोरदेखि २८कि.मि. थियो | घर बाट आवत जावत गर्न गार्हो थियो, तेतै नै बसे | ६ महिना
जति कोठा लिएर साथीहरुसंग बसे, बाकी साढे
३ वर्ष होस्टेल मा (फेरी !) |
जोड, घटाउ, गुना र भाग
गर्दै जादा मैले ९ वर्ष भन्दा बढी घरबाट टाढा बिताए | तेसैले "घरबाट टाढा बस्नेलाइ दशैंको खुसि तैले
बुझ्दैनस" भनेर भन्न अलि नमिल्ला कि ?
फेरी
भन्नुहोला "ऐले पो घरमा परिवारसंगै भएकोले मतलब नलागेको होला, तेतिबेला त मतलब लाग्थ्यो होला नि?"
मेरो
परिवारमा कुरा नलगाउनु होला , साँचो कुरा
भन्छु | तेती बेला मलाई दशैंमा घर फर्किने खुसि त हुन्थ्यो, तर परिवार, मित्रजन र
आफन्त संग भेट्ने खुसि हैन, दशैं बिदा
सम्म पढ्न नपर्ने र १ महिना सम्म खुट्टा पसारेर बस्न पाउने कुराले खुसि हुन्थे | :D
ब्याचलर्सको
बेलामा हफ्ताको एकचोटी आउन मिल्थ्यो घर, तेइ पनि
आइन्थेन, आमाले फोन हानेर "तेरो अनुहार देख्नुपर्यो, मुन्टी घर" भनेपछि बल्ल आइपुग्थे| मलाई घरबाट टाढा बस्न नै रमाइलो लाग्न थालेको थियो सायद |
खै दशैंको
यो कुरो चै कैलेइ बुझिएन | मेरो मन
ढुंगाको होला | हाहा !
ठिकै छ | मेरो मन ढुंगाको हुँदो हो, तर जति
सुकै गफ जोते पनि, बाउ आमा र
आफन्तको मायाले कहिले दशैं आउदो हो भनेर कुर्नेहरु धेरै नै कम हुन्छन, ग्यारन्टी कुरो ! कैले दशैं आउला, बाउ आमासंग पैसा मागेर सपिङ्ग जामला , नया फोन किनुम्ला , बाइक
किनुम्ला भन्नेहरु धेरै छन् | जागिरे छन्
भने चै, घुम्न जाने , तास खेल्ने
, रक्सि खाने भन्नेहरु धेरै छन | येही हो त
मैले नबुझेको दशैं ? हुन सक्छ !
आफुलाई त कैलेइ रहर नै लागेन , दशैंमा नया
लगाउने, तास खेल्ने, रक्सि खाने
| दशैंमा नया किन्नै पर्छ भनेर चै कुन चै पुराणमा लेख्या छ हौ ? खै बुझ्दिन म , आफु त यो
दशैं पनि तेइ झुत्रो कपडा लगाएर काटियो गाठे | नयाँ
लगाउनु मन लागे दशैं आउनु पर्दैन | खल्तीमा
पैसा चै हुनुपर्यो, कुरो तेती
हो |
मैले
नबुझ्या अर्को कुरा भन्या , "आफन्तको
माया" ! हाहा हाहा हाहा !!!
माफ पाउ , अलि धेरै नै हाँसो उठ्यो | बर्षभरि
कैलेइ आफन्तको याद आउदैन , आफन्तलाई
गार्हो, सार्हो परेको बेला आफन्तको याद आउदैन | अर्कोतिर आफन्तहरु पनि उस्तै , आफुलाई
गार्हो,सार्हो पर्दा चाक देखाएर बस्छन , अनि दशैंमा
चै "ओहो मेरो आफन्त, टिका
लगाउनु पर्यो" भन्दै आउने | हैन यो
कस्तो खालको दशैं हो क्या? के बुझिन
मैले?
भन्नुहोला, मैले यो कुरा ऐले यतिकै भनेको भनेर | हैन ! स्कुलमा "दशैं' शीर्षकमा
निबन्ध वा अरु केहि लेख्नुपर्दा, मैले सधै
लेख्ने गरेको कुरा हो यो |
दशैं भन्या
त सत्यको बिजयको उत्सव मनाउने चाड पो हो त ! धेरैलाई त यो कुरा पनि थाह नहुदो हो !
तर दशैंमा हामी के देख्छौं? देखावटिपन ? अपव्यय ? घाती नहेरी
हाड निल्ने बानि? सक्नेले त
देखाउछन् , सके जति , तर नसक्ने
ले ? नसक्नेले चै ऋण लिएर नयाँ लगाउने पर्ने रे, सके त खसी ल्याउने, नसके खसीको
मासु ल्याउने पर्ने रे? हैन हो, यो कता लेख्या छ? धत्तेरिका
!!!
"दशैं आयो, अब यो,यो,यो
आफन्तकोमा जानुपर्छ , कानमा एउटा
मात्र झुम्का र घाटीमा जम्मा १ तोलाको गहना लगाएर गयो भने के भन्लान? सस्तो खालको सुट लगाएर गयो भने के भन्लान? " ,येही हुन्छ सोच दशैंमा | हरे !!!
"दशैं आयो, हामीले त
सकिन्छ, राम्ररी खाइएको छ, राम्रो
लाइएको छ| तर यहाँ यस्ता पनि छन , जसले
राम्रो लाउन त परे जाओस, राम्रो खान
पनि पाएका छैनन्, तिनीहरुलाई
लाइ खानेकुरा, लत्ता-कपडा बाडेर यो पालिको दशैं मनाउनु
पर्ला " भनेर कसैले सोच्दिए पनि हुने !
छन् एस्तो
सोच्नेहरु पनि, तर धेरै कम छन् , दुर्भाग्यवश |
दशैं, एकतिर आफ्नो बाबु आमा , परिवारको
माया पाउने चाड रे, तेसैले
खुसि रे, अर्कोतिर तेइ बाउ आमालाई बृद्ध आश्रममा लगेर छाड्ने नि तेइ
सन्तान हून फेरी !
आफ्नो
परिवारको लागि समय निकाल्न नसक्ने, साथिहरुसंग
बसेर जांड खानलाई मात्र समय निकाल्न सक्नेहरुले त अझै मुख नै नदेखाए हुन्छ | आफन्त, प्रियजन , मित्रजन भेट्न पाउने खुसि रे, फेरी तेइ
आफन्तलाई गार्हो पर्दा, सहयोग गर्न
अघि नसर्ने रे |
हैन कस्तो
दशैं हो यो? मैले बुझ्न नसकेकै हो त?
Comments
Post a Comment
Thanks for the comment! :)