via http://www.prbht.info/2011/05/blog-post_21.html
फेसबुक र ट्विटर

फेसबुक एउटा सामजिक सञ्जाल हो, जहाँ एक अर्काको साथि बन्न पाईन्छ, स्टाटस मार्फत आफ्नो दिमाग भएका कुरा पोख्न पाईन्छ। तस्विरहरुलाई आफ्नो एकाउन्टमा राख्न पाईन्छ, साथिहरुले तस्विरमा प्रतिक्रिया दिन पाउछन। बिभिन्न सेलेब्रिटिका पेजहरुलाई लाईक गर्दै फलो गर्न पाईन्छ। यो त भयो गर्न पाउने कुरा तर गर्न पाउदैमा सबैकुरा राम्रो नहुने रै'छ।
कुरा कहाँ निर बिग्रन्छ भने त्यो साईटमा गरेको कुराले ब्यक्तिगत जिवनमा नै दखल दिन थाल्छ। जब कमेन्ट र लाईकको होडबाजि चल्छ त्यो बेला कुरा खत्तम हुन जान्छ। मैले देखेको छु, फेसबुकमा कमेन्ट गर्देउन भन्दै फोन गर्ने। मैले नया फोटो हालेको छु हेरेर लाईक गर्ने अनि कमेन्ट पनि गर्ने नि भनेर जब फोनको घण्टि बज्न थाल्छ त्यो बेला कुन दिनमा त्यो साईटमा आबद्ध भएछु जस्तो लाग्छ। रिलेसनसिप स्टाटसकै कारणले कतिको रिलेसन बिग्रेको देखेको छु। जब मानिसले फेसबुक जस्तो दुनियाँलाई बिश्वास गरेर बास्तबिक जिवनमा प्रश्न खडा गर्न थाल्छ, त्यो बेला झन झनक्क रिस उठेर आउछ। फेसबुक भनेको कुनै बेला साथि भएका मानिस सम्म ब्यक्तिगत रुपमा भेट गर्न नपाईएको बेला उसको पेज हेरेर उसको बारेमा जानकारि पाउनसम्म ठिक हो जस्तो लाग्छ। जब बाबा आमा मामा माईजु दाजु भाई दिदि बहिनि मलाई फेसबुकमा एड गर भन्दै आउछन त्यो बेला २टा फेसबुक बनाउ जस्तो लाग्छ। एउटा साथिको लागि, अर्को परिबारको लागि। अझ जब आफ्नो अफिसमा काम गर्नेले मलाई नि फेसबुकमा एड गरत भन्दा फेसबुक को एकाउन्ट सँख्या बढाएर ३ पुराउँ जस्तो लाग्छ।
यि लगायत धेरै कारणले गर्दा मैले मेरो फेसबुक सकेसम्म थोरै चलाउने गरेको छु। कति पटक त फेसबुक डियाक्टिभेट पनि गरे, तर फेरि नेपाल देखि भाईले फोन गरेर दाई तेरो फेसबुक के भो मलाई डिलिट गरिस भन्दा फेरि याक्टिभेट गरेको घटनाहरु ताजै छन मानसपटलमा :) मेरो फेसबुकमा ३०० को हाराहारिमा भएका साथि सँख्यालाई ५० मा पुराएको बखत मेरो बारेमा भएका टिका टिप्पणिको कुरा गरि साद्धै छैन। कसैले पठाएका फ्रेण्ड रिक्वेष्ट एसेप्ट नगरेकै भरमा केटिको भए गर्थिस भने केटाहरुले भने केटिहरुले तेरो गलफ्रेण्डले गालि गर्छे भनेर हो भनेर मिथ्या आरोप लगाए। नचाहदाँ नचाहदैँ फेसबुक जिवनको एउटा पाटो बन्न पुगेको कुरालाई मैले चाहेर पनि भुल्न सकेको छैन। जस्ले जे भने पनि नानाँभातिका कुरा थपेर फेसबुक पहिला जति सुन्दर मलाई अहिले लाग्दैन। सुन्दरता जहिले पनि सरलतामा हुन्छ, जबरजस्ति मेकअप गरेमा त्यो सुन्दर देखिनुको साटो बजारु देखिन्छ। मलाई अहिले फेसबुक बजारु लाग्छ।

ट्विटरमा तैले यसो गरिस भने म तलाई फलो गरिरहन्छु नत्र गर्दिन, यस्तो नगर त्यस्तो नगर भन्ने होईन। मन लाग्छ फलो गर्ने नत्र बाल दिने अनफलो बटन थिच्ने, त्यति गर्दा पनि मेन्सन गरेर दिमाग खान्छ भने ब्लक हान्दिने। त्यो कराउछ कराउछ आफुले सुन्नु पर्दैन बाल हो। मान्छेले भन्छन आफ्नो फलोवरको सम्मान गर्नु पर्छ भनेर, मैले आवेदन लेखेर दिएको हो र मलाई फलो गरिदिनुस म हजुरलाई सम्मान गर्छु भनेर, फलो जस्ले गर्छ त्यसले सम्मान गर्ने हो, जो पछि लागेको छ त्यसले सम्मान खोज्ने होईन्। म जस्लाई फलो गर्छु तिनिहरुलाई सम्मान गर्छु तर तिनिहरुले मलाई सम्मान गरुन भन्ने अपेच्छा राख्दिन।
यदि मलाई ट्विटर र फेसबुक रोज्नु परेको खण्डमा म ट्विटर रोज्छु। र यसमानै रमाउछु।
Comments
Post a Comment
Thanks for the comment! :)