via http://www.prbht.info/2012/04/blog-post_13.html?showComment=1342543676758#c6721333420363115180
छोरो कम्युटर ईन्जिनियर!
मैले सन २००० मा कम्युटरको प्रारम्भिक तालिम लिएको थिए। त्यो बेला प्रवेशिका परिक्षा दिए पछि कम्युटर सिक्ने फेसन नै थियो भन्दा पनि हुन्छ, जस्ले आफ्ना छोरा छोरिलाई प्रवेशिका पछि कम्युटर कक्षामा हाल्दैनन् तिनलाई सोसाईटिमा परिदैन कि भन्ने चिन्ता थियो, सहर बजारमा नै बसे पनि त्यो बेला त्यत्रो खर्च गरेर कम्युटर पढाउने भनेको ठुलै कुरा हुन्थ्यो। मेरो बुवाले नि मलाई एक ठाँउमा कम्युटर सिक्न पठाउनु भयो। त्यहि नै थियो मेरो कम्युटरको औपचारिक कक्षा, त्यसले नै मलाई कम्युटर क्षेत्रमा नै अगाडि बढ्न प्रेरणा दिएको थियो। आज पछाडि फर्केर हेर्दा १२ बर्ष पुगि सकेछ मैले किबोर्डमा पहिलो पटक औला चलाएको पनि। त्यो बेला कम्युटर सिक्नु भनेको टाईपिङ गर्न जान्नु हो भन्ने नै हुन्थ्यो, साँझ पख समकक्षिहरुसँग कुन औलाले कुन कि हान्ने भनेर धाक लगाईन्थ्यो। त्यो बेला अरुले बनाएको टुल्स एण्ड सफ्टवयर चलाउन जान्दा के के न जाने जस्तो लाग्थ्यो भने अहिले आफैले सफ्टवयर लेख्ने हुदाँ पनि मैले अझै सिक्न बाँकि धेरै छ जस्तो लाग्छ।
अनि छोरो त कम्युटर ईन्जिनियर, कसैले सेटिङ्सलाई यता उता गरेको रै'छ भने त्यसलाई पहिलाको जस्तो बनाईदिए भने ओहो यस्ले त बिग्रेको बनाईदियो भन्ने, कति जान्ने भन्ने। शुरु शुरुमा त खुशी नै लाग्थ्यो, तर बिस्तारै मन मर्दै गयो। नयाँ कुरा सिक्न पाएको होईन त्यहि पुराना कुराहरु घरि घरि चलाउदा अल्छि लाग्दो रै'च। मेरो पसल अगाडि साईबर थियो, मन लागेको बेला कम्युटर चलाउन दिएन भने himem.sys फाईलको नाम चेन्ज गर्दिन्थे DOS बाट, विण्डोज ९८ खुल्थेन त्यसो गर्दा, अनि बनाउन जाने मै नै थिए, मज्जाले dir कमाण्ड हान्दै, यसो फाईलहरु हेरे जस्तो गर्यो, १५ २० मिनेट सक्यो अनि, अनि त्यो फाईललाई पहिलाको नाममा लिएर आयो, अनि भन्यो रिस्टार्ट गरेर हेरम चलेन भने फरम्याट गर्नु पर्छ भन्यो मज्जा आउथ्यो जे होस त्यसो गर्दा। त्यो बेला म कम्युटर ईन्जिनियर भईसकेको थिईन र अझै पनि म पढाईले ईन्जिनियर नै होईन। तर पनि सफ्टवयर लेख्छु, सबैले कम्युटर ईन्जिनियर भन्छन।
बिचमा एकपटक कम्युटर हार्डवयर टेक्निसियनको तालिम लिन पनि गईयो, त्यो बेला पढाउनेले पढाएको भनेको फरम्याट गर्न सिकायो, जे समस्या आए पनि सुरुमा फरम्याट गर भन्थ्यो। पछाडि बसिन्थ्यो प्राक्टिकल कक्षामा, घरमा सिडि हाल्ने प्लेयर थिएन, अनुहार रातो पार्दै कति कक्षा सकाईयो। त्यहाँ विण्डोज र ड्राईभरका सिडि भन्दा अरु सिडि छ्याप छ्याप्ति भेटिन्थे। ए अँ त्यो बेला अहिले जस्तो विण्डोज हाल्दैमा फोटो राम्रो आउथेन, गित पनि सुन्न पाईन्थेन, सबै हार्डवयरको ड्राईभर हाल्नु पर्थ्यो एक एक गरेर। पाईरेटेट विण्डोजको सिरियल नम्बर त कण्ठ थियो त्यो बेला, xp भर्खर बजारमा आएको थियो, 98 नै थियो धेरै जसो। Red Hat भन्ने लिनक्स मैले त्यहि बेला चलाउन सिकेको, सिडि हालेर माउन्ट गर्न पर्ने रै'छ, ३ दिन त सिडि चलाउनै लाग्यो, मैले लेखेको पहिलो प्रोग्राम चाँहि shell script मा हो। त्यहि प्रोग्रोम लेखाईले अहिले यो ठाँउमा छु। अनि छोरोलाई त्यहि बेला कम्युटर ईन्जिनियर भन्थे वरिपरि गाँउले ले।
प्रिति, रुक्मणिसँग माया गाँस्न मलाई कम्ता गार्हो भएको थिएन र? तिनिहरुले बुझ्ने गरि आफुले औलाँ चलाउन नजान्दा, प्रिति र रुक्मणिलाई आफु अनुकुल बनाउन नसक्ने नि भुत्राको ईन्जिनियर भनेर क्याम्पसका टिचरले मेरो कम्युटर ईन्जिनियरको नाममा दाग लगाउने प्रयास पनि गरे। ए भन्नै बिर्सेको प्रिति, रुक्मणि भनेका तरुनि होईनन् नि, ति त देवनागरि फन्ट हुन, नेपाली लेख्न चाहिने, यो बेला जस्तो रोमनाईज्ड युनिकोड कहाँ थियो र। छोरोलाई कम्युटर ईन्जिनियर बनि रहन प्रिति र रुक्मणिसँग दिनरात लसपस गरियो, बल्ल बल्ल तिनिहरुलाई औलाँको बलले पानि पानि बनाईयो। अहिले त तिनलाई नछोएको पनि बर्षौ भयो क्यारे, कहाँ होलान ति बरु, आजभोलि बजारमा नि त्यति सुनिदैन तिनको नाम, बुढि भए होलान, पहिला जस्तो ति नभई नहुने दिन पनि त रहेन नि अब, शिलाले जवानि देखाउने बेलामा को ति अप्सराको पट्यास लाग्दो शास्त्रिय नाँच हेरेर बस्छ र?
छोरोले पेण्टिएम १ देखि सुरु गरेको कम्युटरको यात्रा अहिले ईन्टेल कोर आई ७ सम्म पुराएको छ। छोरोले विण्डोज ९५ चलाएर बामे सरेको अहिले विण्डोज ८ चलाउने भएको छ। छोरोले माईक्रोसफ्टको वर्डबाट शुरु गरेको यात्रा अहिले ओपन अफिस चलाउछ। Red Hat लिनक्सबाट शुरु गरेको यात्रा अहिले कहिलेकाँहि उबण्टु चलाउछ। shell स्क्रिप्ट बाट शुरु गरेको यात्रा अहिले .net 4.0 मा पुगेको छ। पेशाले छोरो सफ्टवयर ईन्जिनियर छ, तर डिग्रिले हुन सकेन, तर पनि वरिपरिकाले अझै पनि कम्युटर ईन्जिनियर भन्छन छोरोलाई।

लेखक: पेशाले सफ्टवयर डेभेलोपर हुन।
Comments
Post a Comment
Thanks for the comment! :)