दमौली ,तनहूँ आदिकवि भानुभक्तको जन्म घर घांसी कुवा भन्दा केहि किलोमीटर टाढा रहेको एउटा सानो बजार हो।
दमौली बिशेष त ४ बेदका रचैता बेद ब्यास को जन्म थलोको रूपमा चिनिन्छ |
अझ भन्नु पर्दा , पोखरा देखि दमौली ४९ किलोमीटर को दूरीमा पर्दछ |
यो तनहूँ जिल्ला को सदरमुकाम हो | सानो सहर हुनुनै यसको विशेषता हो, जसकै कारण यो प्रदुषण रहित छ र बातावरण सफा र सुघ्घर छ |
बिगतका केहि वर्षमा दमौली धेरै नै बिकसित भएको छ | बिशेष त दमौलीको समुदाय मगर र गुरुङ जातिले भरिएको छ र धेरै बसोबासी हरु लाहुरे परिवार का छन् |
शिक्छ्या को कुरा गर्नु पर्दा, दमौलीमा प्रशस्त मात्र मा स्कूलहरु छन्, बोर्डिंग तथा सरकारी | करिब ८ - ९ वर्षा अगाडी दमौलीमा एउटा मात्र कलेज थियो , " पराशर बहुमुखी क्याम्पस ", तर अहिलेको समयमा भने धेरैनै कलेजहरु खुलेका छन् र सम्पूर्ण बिध्यालयहरुलाई उच्च माध्यमिक बनाउने नया नियमले झन् धेरै नै मदत गरेको छ |
[ तल दिइएका पधांशहरु " डिल्लीराम मिश्र " को पुस्तक ' नेपाल अधिराज्यमा तनहूँ (२०४५ प्रकाशित् ) ' बाट साभार गरिएको हो | ]
दमौलीलाई आदिम कालदेखि नै मह्र्शिहरुको आदर्श तपोभूमि मानिएको छ | यो तनहूँको सदरमुकाम दमौली, मादी र सेती नदीको संगम देखि उत्तर किनारमा अवस्थित छ | समुंद्रदेखी ३०८ मिटरको उचाइमा पर्ने यस ठाउँ महारभारत शृंखलाको उत्तरी घंच्मा पर्दछा | यो पहाडी जिल्ला सदरमुकाम मध्ये निकै होचो ठाउँमा रहेको सदरमुकाम हो | यसलाई पार्कोटटार पनि भानिन्छा | भौगोलिक बनावट अनुसार दमौलीको उत्तर-पश्चिमपट्टि खैरेनीटारको सेरोफेरो तथा मादी नदीको आसपासको समतल भूमिका साथै दक्षिण पर्स्चिमतर्फ मानुंग डाँडा अवस्थित छन् | त्येस्तै दमौलीको उत्तरतिर फराकचौर र तनहूँ सुरक सख उपसाखाहरु पसारिएका छन् भने दक्षिण् पूर्वमा बन्दिपुरको रमाइला शृंखलाहरु पर्दछन |
चारैतिर हराभरा बनजंगल तथा फाँट र नदीहरुको साथमा अवस्थित दमौली बजार गर्मि , औंलो तथा सिमित परिधिउले गर्दा प्रचिनदेखी उपेक्षित् यस ठाउँमा २०२५ सालमा सदरमुकाम सरे यता यसले बिकासको चहलपहलमा सक्षम् भएको छ | हालै आएर दमौलीको यति चांडो वृद्धि भएको छ, जो अनुमान गर्न नै सकिदैन | कमै समयमा भएपनि यसले गरेको विकास उत्साहजनक छ | तनहूँकै आसपास लगायत पश्चिम गोर्खा , लम्जुंग, कास्की तथा बाग्लुंग का अधिकांश मानिसहरुले यहाँ नै बसोबास गरेका छन् | पृथ्वी राजमार्गको महत्वले बढी प्रभावित परेको यस ठाउँमा गर्मीमा बढी गर्मि र जाडोमा पनि जाडो हुनुका साथै कार्तिक , पौष र माघ महिनाहरुमा काठमाडौँ सरह कुहिरो लाग्छ | चारैतिर पहाडी पहाडले सुशोभित यस थुन पर्यटकहरुको लागि महत्वपुर्ण हुन लागेको छ | दमौलीभन्दा पश्चिम मादी नदीमा अवस्थित ३७० मिटर लामो मादी पुल, ब्यास जन्मस्थल, पराशर गुफा, ब्यास गुफा, ब्यास कुण्ड, ज्ञान गुफा र ध्यान गुफा जस्ता सामाग्रीहरु यहाँ हेर्न लायकका ऐतिहासिक बस्तु हुन् |
बुधपकाका अनुसार पहिले यस ठाउँमा औलो लाग्छ भन्ने भनाइ पनि थियो | तर यातायात र जनघनत्वको चापले औलो उन्मुलन भै सहरीकरण हुन आएको छ | हाल सरकारी स्तरका बिबिध कर्यलाहरुका अतिरिक्त बिजुली, संचार, स्वास्थ्य एवं खानेपानीमा समेत सुविधा प्राप्त भएको यस ठाउँमा आधुनिक चलचित्र हाल निर्माण गरिएको छ | त्यसैले यो तनहूँ को एउटा प्रमुख औधोगिक बाणिज्य केन्द्र बन्न पुगेको छ | त्यहि रुपमा हिजो बन्दीपुर थियो | वर्तमान बन्दीपुर बजार एउटा बुढी सासु र दमुली नबिन नविन रंगीचंगी बतावार्न्ले मस्त जवानीले भरिपुर्ण भएकी बुहारी बन्न पुगेको छन् | धार्मिक स्थलको परिचय दिने क्रममा एसको नाम कसरि दमौली रहन गयो होला भन्ने प्रसंगमा खुल्दुली लग्नु स्वभावक हो |
हाल आदरसा गाउँ पंचायत रहेको दमौलीको नामकरण कसरी तहना गयो भन्ने बारे शास्त्रीय प्रमाणलाई एकछिन छाडेर दमौली प्रति उल्झियेका केहि कहावत हरुलाई यहाँ प्रस्तुत गर्नु समसामयिक होला | सर्बप्रथम यस ठाउँको नाम दमौली रहनुमा निम्न ५ कहावत छन् : - दिमुली : मगर भाषामा 'दि' भनेको पनि र 'मूल' भनेको मूल हो| दुइ पानि को मूल भएकाले यसबाट अपभ्रंश भएर पछी दमौली भनिन आएको तर्क पैन्छा |
-दमौलीको वरिपरी 'द' आकारका डाँडा काँडाहरु छन् | 'द' भनेको पहाड र 'मौलि' भनेको पहाडको चुलिलाई जनाउने हुदा द+मौलि मिलेर दमौली रहन गएको पनि मानिन्छ |
-त्यस्तै, दमौली को हात बजार हेर्न एकजना मात्र नभई दुइ जोडी मिलेर (दमली) आउने हुँदा दमलिबता दमौली हुन आएको हो पनि भनिन्छ |
-गुरुङ मगरको नांच गानमा बजाउने एक किसिमको बाजालाई दम्फु वा दम्फौली भनिन्छ | यसैबाट अपभ्रंश भएर पछी दमौली हुन आएको पनि भनिन्छ |
-अर्को तर्क 'दह' हो | यस्कोक अर्थ दमौलीमा ब्यास कुण्ड र शिव कुण्ड दुइ वटा पानीका पोखरी हुनुका साथै गण्डकीको संगम्देखी एक दुइ गज तल पानीको ताल (दह) परेको छ र त्यहाँ गएर गहिरो अध्यन गर्दा पानि बगेको जस्तो कत्ति पनि देखिदैन | त्यसै पानीको दहबता अपभ्रंश भएर दमौली नामकरण हुन गएको पनि भनिन्छ |
यी सब कहावत हुन्, जेहोस दमौलीको बारेमा शास्त्रीय प्रमंबता बोलिद येसरी बोलिन्छ : दमौली प्राचिन समयमा अर्थात् पराशर बरिष्ठ ऋषिका पालामा प्राचिन आदर्श गाउँ थियो | यहि आदर्श भनेको राम्रो, सुन्दर , सफा गाउँ हो | कारण ऐनबाट जसरि आफ्नो अनुहार छर्लंग देख्न सकिन्छ, तेसैगरी यस ठाउं बाट पनि आदर्शको ज्ञान प्राप्त गर्न सकिन्छ | अत: यसको बारेमा सानो चर्चा गरौ - 'दस्च मश्च दमौ दामौलैयते यत्रसा दमौली ' अर्थात् बादल रुप अज्ञानको बन्धन रुप जन्म मृत्युको पशो जुन ठाउमा पुग्दा हराउछ वा शान्त भएर आफै फुस्केर जान्छ त्यो ठाउं दमौली हो अर्थात् परियार रुप-बन्धन जहाँ आफै नाश हुन्छ, त्यो ठाउं दमौली हो |त्यसैले दमौली भुमि प्राचिन व्यासका पालामा तपोभुमिकै रुपमा अथवा अनिशाक्त निस्काम कर्मयोगी ब्यास्जस्ता महार्शिको भुमि थियो |
यसै प्रसंगमा मित्रबरुनका दुइ छोरा अगस्त्य र बशिष्ठ (जुम्ल्याहा) थिए| तीमध्ये बशिष्ठका जेठ छोरा शक्ति थिए | शक्तिका एक मात्र छोरा पराशर अनि परशारका एक छोरा सुकदेव ( कृष्ण द्वेपायन ब्यास) थिए | परन्तु पछी वेदको व्याख्या गरिएको हुँदा उनको नाम वेद ब्यास रहन गयो | व्यासका बराजु बरिष्ठ ऋषिको आश्रम अनि तनहूँ को दक्षिण् भाग कलिगंदकिको उत्तरी किनार देवघाटमा नै भएको र छोरा शक्तिले पिताजीको भन्दा अलगै एकान्त जंगल दुइ नदीको संगम समेत भएको दमौलीलाई रुचायेछ्न|
कालान्तरमा रहदा, बस्दा आफु सबै कुराबाट प्रभावित भएबाट उक्त ठाउँको नाम दमौली राखेको हुनु पर्छ | किनभने बालक ब्यास जन्मनासाथ त्यहि दोभानमा स्वास्नी , छोरालाई छोडी हिंडेका थिए र त्यसबेला उनलाई परिवारको बन्धनले रोक्न सकेन | समौली मा आदिक युगमा आज जस्तो कुहिरो लाग्दैनथ्यो 'रे' भन्ने बारेमा एउटा रोचक किम्बदन्ती छ - यस बारे दमौली देखि ८ कि.मि. पूर्व छाब्दी बारहिको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासको मत सत्यतिको जन्म भएको थियो रे| माछाको रुपबाट जन्म भएकीले त्यस कुण्ड को नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ| सत्यवती ६,७ बर्षको सानी बालिका छदा घुम्दै, फिर्दै दमौलीमा माझीहरुको डुंगा चलेको ठाउँमा पुगीछां र ति माझीहरुले एती सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगी १०,१५ दिन पालेछ्न |त्यतिबेला पराशर ऋषिको आश्रम पनि दमौली नजिकै रहेछ | घुम्दै फिर्दै करंबश एकदिन पराशर ऋषि र सत्यवातिको भेट भएछ | भेटको सिलसिलामा तत्काल परशार्ले रितुदन देउ भनि सत्वातिसंगा अनुरोध गर्दा सत्यवातिले 'म यति सानो बालिका , तपाई अवान मानिस संग कसरी रितुदान दिने ' भन्दा पराशर ले म तिमीलाई म जस्तै जवान बने दिन्छु भनि प्रतिज्ञा गरि सत्यवातिलाई आफूसमान बने तद्पस्चात भोगविलासको लागि परशार्ले अनुरोध गर्दा सत्वती ले एस्तो चकमन्न घाम मा यो कसरी सम्भव हुन्छा भनि सोधनी गर्दा पराशर ले म कुहिरो उत्पन्न गरिदिन्छु भनेछन र तत्कालै कुहिरो उत्पति हुन गइ पराशर र सत्यवती सामाजिक भोगविलासमा सम्बन्ध भएर रहेको भनाइ छ |
दमौली मा मादी र सेती नदीको संगमदेखी पश्चिम किनारमा एउटा ऐतिहासिक गुफा छ | त्यस गुफामा पराशर ऋषिले तपस्या गरेका थिए र तपसिद्ध दिने गुफा पनि त्यहि नै हो | उक्त पराशर गुफा देखि पूर्व गण्डकीको संगम किनारदेखि उत्तर पट्टि वेद शास्त्रका प्रबर्द्धक महर्षि ब्यास जीले तपस्या प्राप्त गर्नु भएको ब्यास गुफा छ | मक्कर संक्रान्ति वेद ब्यास को पवन जन्म दिन भएकोले जन्मस्थल महेन्द्री र शुल्क गण्डकीको पान्चायन मन्दिर नजिकै २०४१ मक्कर संक्रान्तिका दिन वैदिक विधिवत १००८ जना ब्राह्मण हरुद्वारा योगी नरहरिको सक्रियतामा एक महिने कोटी होमको योजना गरिएको थियो | यस ब्यास जन्म स्थल क्षेत्र भित्र विभिन्न किसिमका बिष्णु मन्दिर , गणेश मन्दिर, सुर्य मन्दिर, दुर्गा मन्दिर र धुनी मन्दिर पर्दछन भने पान्चयान मन्दिरभन्दा करिब २० मिटर पूर्व पट्टि उत्तर पश्चिम मुख भै वेद व्यास , दक्षिण् पूर्व मुख भै हनुमान, ढुंगाको कालो पहरामा आड लगाएर उत्तर दिशातर्फ नौ मुख भएका शेष नग , गणेश र हनुमानका बिचमा एउटा शिला राखिएको छ, यसलाई 'जयशिला' भनिन्छ|
त्यस्तै व्यासको मुर्तिदेखी पुर्बपत्तिको मन्दिरलाई धुनी मन्दिर भनिन्छ यस मन्दिरमा योगीले बार्है महिना धुनी जागे बस्छन | योगीका अनुसार उक्त धुनिको आगोलाई अन्यत्र कामको लागि प्रयोग गरिदैन | व्यास र हनुमानको मुर्तिदेखी उत्तर पट्टिको पोखरीलाई व्यास कुण्ड भनिन्छ | यस पोखरीमा सत्यवती सुत्केरी हुँदा कपडा धुने र नुहाउने काम गर्नुहुन्थ्यो | उक्त पोखरी करिब एउटा बासको लिङ्गो जति गहिरो छ | हिउदको समय मा यस पोखरीमा आधा आधीभन्दा बढी पानि हुन्छ | यसको रक्षा र रेखदेखको लागि तनहूँ जी पं कोष बाट मासिक रु , ५१० पारिश्रमिक स्वरम यहाका पुजारी लाई प्रदान गरिन्छ | त्यस्तै पुञ्ज आज को लागि मासिक रु. १०० पनि जी पं कोष बाट नै पुरा गरिन्छ | यहाँ पुजरिहरुले बिहान बेलुका गरि ११ ठाउँमा दुइ दुइ पटक पुञ्ज गर्ने परम्परा छ | यहाँ पान्चायान मन्दिरका साथै धुनी मन्दिर, पाटी, कोतिहोम प्रयोगशाला, पुजारी निवास र ५,७ वटा स-सङ योगिनिहरु बस्ने निवास समेत छन् | पृथ्वी राज्मर्गदेखी दक्षिण् मा पर्ने यस दमौली बजारको बीच भाग भएर गएपछि अन्त्यमा एउटा चौतारा आऊछ| त्यसभन्दा करिब ३५ गज तल गण्डकी नदीको किनार माथि उत्तर दक्षिण् र पूर्व पश्चिम भएर तेर्सिएको रसिलो भूमिलाई व्यास क्षेत्र भनिन्छ | बसबाट दमौलीको बीच चोकमा झरेपछि ठुली बोर्डमा व्यास गुफा ७५० मिटर भनेको चिन्ह देखेपछि जो कसैलाई पनि त्यसतर्फ जान मन लाग्छ |
Comments
Post a Comment
Thanks for the comment! :)