बिगार्यो कि सपार्यो , लूटले ? लूट, कसलाई थाहा छैन होला र एसको बारेमा | कसैले एस्लाई एसको भल्गर संबाद को लागि सम्झिन्छन त कोइ सुष्मा कार्की को 'उध्रेको चोली ' को कारणले | नेपाली फिल्म इतिहासको कोसेढुंगाको रुपमा लिनेहरु कमै होलान | तपाई के का लागि सम्झिनुहुन्छ त? :) लूट, आयो एउटा छुट्टै कथा बस्तु लिएर, एउटा भिन्न धार बोकेर, प्रस्तुति मा नयापन बोकेर | तर यो नयापन नया पुस्तालाई मात्र मनपर्यो सायद, टाउको मा Titanic र Bob Marley को रुमाल बाधेर ' उफ्रिने र उफार्ने ' फिल्म हेर्नेहरुलाई यो पचेकै थिएन | तोकेरै भन्नु पर्दा, यौ फिल्म केवल फिल्मको ज्ञान राख्ने , अलि पढ़ेगुनेकालागी मात्र राम्रो थियो | नेपाली फिल्मको आकाशमा एउटा नया आयाम थप्यो लूटले, एउटा छुट्टै धार दियो एसले | तर लूटले फिल्मको कथा, बिषय बस्तु आदि इत्यादीमा ल्याउनु खोजेको पर्बर्तन कसैले देखेनन् | कुनै पनि कुरा मा भिन्न मान्छेले भिन्न कुरा 'perceive ' गर्छ | कुरा सहि हो, तेसरी नै लूटबाट थरि थरि कुराहरु लिए मानिसहरुले | लिनुपर्ने र सिक्नुपर्ने कुरा त अर्कै थियो , तर आफुलाई बुद्धिमान मान्ने
The posts in here may be my own or copied. NO COPYRIGHT INFRINGEMENT INTENDED :)