Skip to main content

मैले के सिके? मैले के प्रेरणा पाए? #OneDayInAClassRoom


On 23rd November, 20163 guests viz. Mr. Sher Bdr. Tamang (MP), Mr. Karmath Dangol (VP of Engineering at Cloudfactory) and Mr. Sujin Joshi (Freelance software developer) along with alum Eva Manandhar and Shina Shrestha visited Terse Secondary School, Sindhupalchok participating in the #OneDayInAClassRoom under Teach for Nepal's initiative.

The 3 guests took 3 of the classes, sharing their stories, inspiring kids.

Here, I have put some of the thoughts from kids after the classes. I along with my co-fellows Astha and Aakriti took a written feedback from the students.

मैले के सिके? मैले के प्रेरणा पाए?

Karmath Dangol (VP Engineering, Cloudfactory)

“ आफुले कुनै काम गर्दा त्यसमा आफुलाई इच्छा हुनुपर्छ, इच्छा भएपछी, गर्ने कुराको मौका भएपछी त्यसको जानकारी हुनुपर्छ | जानकारी नभए खोजेर लिने | अरुबाट सिक्नुपर्छ र अरुलाई पनि सिकाउनुपर्छ |
मैले पनि उंहाले जस्तै आफुलाई लागेको बिषय पढेर, विदेश गएर कमाएर फेरी आफ्नै देश फर्केर आफ्नै देशमा केहि गरेर देशको बिकाश गर्ने प्रेरणा मिल्यो |”

-         सुजा तामांग ( ७)

“इच्छा भएन भने केहि गर्न सकिदैन | केहि काम गर्नु भन्दा अगाडी त्यस कामको वारेमा ज्ञान, सिप  र यो काम कसरि गर्ने भन्ने तारिका जान्नु उचित हुन्छ | “
-         सोफिया थापा (७)

कुनै चिज पढ्न, काम गर्ने जस्ता कुरामा interest राख्नु पर्छ र मनपर्छ भने सिर झुकाउनु हुदैन | संधै जुन कुरामा पनि भाग लिनु पर्छ |
मलाई अहिले सम्म नगरेको कामहरु गर्न मनलाग्यो र धेरै competitionहरुमा भाग लिन मन लाग्यो | म पनि अब उँहा जस्तै सानै देखि मेहेनत गर्छु |”
-         सुरज पण्डित (७)

“मैले आफुलाई मन लागेको बिषयमा पढ्ने र अरुले भनेको बिषयमा मात्र पढ्ने हैन भन्ने सिंके | जे काममा पनि अघि सर्नुपर्छ | अहिले हामीले राम्ररी पढ्यौ भने पछी भविष्यमा जे बन्न चाहन्छु, त्यहि बन्छौ |”
-         सुष्मा देउजा (७)

“कुनै कुरा गर्न अघि आफुमा इच्छा हुनुपर्छ अनि मौका मिल्नुपर्छ र त्यो कुरा जानेको व्यक्तिसंग जानकारी लिनुपर्छ |
म पनि भविष्यमा कुनै देश घुम्न जानेछु र फेरी आफ्नै देश फर्केर केहि गर्छु भन्ने प्रेरणा प्राप्त भयो | “
-         भावना थापा (७)

“अरुले भनेको बिषयमा मात्र पढ्नु हुँदैन, आफुलाई राम्रो लागेको बिषय पढ्नु पर्छ | मेहेनत चाहिन्छ | “
-         सरिना तामांग (७)

“ कुनै काममा access हुनका लागि पहिले आफुमा interest, experience र practice हुनुपर्छ | हामीले सधै बिद्यालयमा भएका programमा भाग लिनुपर्छ | कक्षामा अनुशासित भएर साथीहरुसंग मिलेर बस्नुपर्छ |
हामीले सधै कक्षामा मिलेर, active भएर, प्रश्नको answer भन्न अग्रसर हुनुपर्छ |”
-         कुमार तामांग (७)

“केहि कुरा गर्नका लागि सबैभन्दा पहिले interest चाहिन्छ | बिद्यालयले संचालन गर्ने कार्यक्रममा सधै भाग लिनुपर्छ | कार्यक्रममा भाग लिने बेलामा नाम टिप्ने बेला टाउको नानिहूराउने |”
-         बिमली तामांग (७)

“हामीले पढ्नु पर्दो रैछ | हामीले interest नभएर गरेको काम कहिले सफल हुदैन |
उंहाले अमेरिका जानलाई धेरै दुख गर्नु भएछ | हामीले दुख गरेपछी मात्र काम सफल हुदो रैछ | “
-         समिक्षा ढकाल(७)

“हामीले कुनै न कुनै लक्ष्य लिनुपर्छ | त्यहि लक्ष्य लिनका लागि सबैभन्दा पहिले interest हुनुपर्छ र चाहना हुनुपर्छ |”
-         सुन्दरी तामांग(७)


“मलाई उँहा जस्तै इंगलैंड जान मनलागेको छ तर फर्केर आफ्नो परिवारकहाँ बस्न मन छ |”
-         जुनिला तामांग(७)

“हामीले कुनै पनि काम गर्नका लागि पछी हट्नु हुदैन |”
-         सुकृति ढुंगाना (७)


“ आफुलाई इच्छा नलागे अरुले भन्दैमा त्यो काम गर्नु हुँदैन| आफ्नो इच्छा हुनुपर्छ | हामीहरु शिक्षकले मलाई उठाएर सोध्नुहुन्छ भनेर मुन्टो लुकाएर बस्छौ | किनकि हामी साथीको होमवर्क सार्छौ | तर हामीलाई कुनै कम्पनिमा काम मिल्यो भने त्यो साथी त्यहाँ हुँदैन | उनीहरु कता कता पुगेका हुन्छन | त्यसैले हामीले आफैले आफ्नो काम गर्नुपर्छ | “
-         अस्मिता खड्का (७)

“ आफुले कुनै काम गर्दा त्यसमा आफुलाई इच्छा हुनुपर्छ, इच्छा भएपछी, गर्ने कुराको मौका भएपछी त्यसको जानकारी हुनुपर्छ | जानकारी नभए खोजेर लिने | अरुबाट सिक्नुपर्छ र अरुलाई पनि सिकाउनुपर्छ |
मैले पनि उंहाले जस्तै आफुलाई लागेको बिषय पढेर, विदेश गएर कमाएर फेरी आफ्नै देश फर्केर आफ्नै देशमा केहि गरेर देशको बिकाश गर्ने प्रेरणा मिल्यो |”
-         सुजा तामांग ( ७)
“हामीले सानैबाट लगनसिल, मिहिनेती र इमान्दार हुनुपर्छ | हामीले बोल्नको लागि पछी पर्नु हुँदैन | हामीले बिद्यालयमा केहि कुरा सिक्न हैन, सिक्ने तरिका सिक्न आउनुपर्छ | केहि कुरा वा लक्ष्य पुरा गर्न हामीले चाहना, इच्छा हुनुपर्छ | हामी आफैले काम गरेर पनि सिक्न, पढ्न सक्छौ |”
- सभिना अर्याल (८)

“हामी संधै आफुलाई interest लागेको काम र आफु राम्रो भएर त्यो काम गर्नु पर्छ | हामी एउटा सामान्य बिद्यालयमा पढेपनि ध्यान दिएर तन, मन लगाएर पढ़ेउ भने पक्कै पनि ठुलो मान्छे बन्न सकिन्छ |”
-         दीपा गिरि (८)
“हामीले केहि काम गर्नु अघि interest भयो भने मात्र त्यो काम गर्नुपर्छ | सानै देखि मेहेनत गर्नुपर्छ | स्कुलको programमा भाग लिनुपर्छ, लास्ट बेन्चमा लुकेर बस्नु हुदैन | बिद्यालयमा सिक्न हैन, सिक्ने तरिका सिक्न आउने हो |”
-         जमुना भुजेल (८)
“कुनै काम गर्नु भन्दा अगाडी सोच्नुपर्छ, त्यो कामका लागि interest हुनुपर्छ | अनि  त्यसका लागि skill, knowledge र ability पनि हुनुपर्छ | त्यो कामले आफुलाई कतिको फाइदा हुन्छ भन्ने पनि सोच्नु पर्छ | हामीले google, youtube बाट पनि धेरै कुरा सिक्न सक्छौ | हामी एउटा बिषयमा फेल भयेउ भने त्यहि बिषयमा झन् concentrated हुनुपर्छ |
आफ्नै देशमा काम गर्नुपर्छ भन्ने प्रेरणा पाए |”
-         अयुषा खड्का (८)
“बोल्न डराउनु हुँदैन | बोल्ने बेला कहिले पनि पछाडी हट्नु हुँदैन |”
-         स्मिता तामांग (८)
हामीले आफुसंग भएको सिप अरुसंग देखाउनुपर्छ| जस्तै: आफुलाई गित गाउन आउँछ भने गित गाउन तरी गर्नुपर्छ, गित गाउने competitionमा भाग लिनुपर्छ; मलाई आउंदैन भन्नुहुँदैन |
पढ्नको लागि अल्छी हुनुहुँदैन | आफुलाई आउने कामको लागि opportunity खोजि रहनु पर्छ |”
-         रुबिना खड्का (८)
I learnt about interest, practice, opportunity and aim.
नेपालमै काम गर्ने; ठुलो हैन महान बन्ने |”

-         महेश कार्की (८)

Reading all these, it seems Karmath dai has inspired my kids about 'having an interest' which I feel is a very important part of life.

Sujin Joshi (Freelance Software Developer)


  कहिले पनि आफ्नो काम बाट हरेस खानु हुँदैन | सधै मेहेनती भएर लाग्नु पर्छ | कार्यमा सफल नभए पनि सधै लागिरहने |”
-         मनोज गिरि (९)
“उंहा सरकारी बिद्यालयमा पढे पनि आफु जीवनमा सफल हुनुभएको र आफुले सफ्टवेयर सम्बन्धी ज्ञान सबैलाई बढेको थाहा पाए | आफ्नो जीवन सार्है कस्टकर भएता पनि उंहाले सानो उमेर देखि नै त्यस सम्बन्धी जिज्ञासा राखेर आफ्नो लक्ष्य पुरा गर्न सकिन्छ भनेर अघि बढ्नुभयो | आफुले पनि हरेस खानु हुदैन | “
-         झरना भण्डारी (९)
“उँहाको जीवनबाट “practice makes a man perfect.” भन्ने सिके | जीवनमा सफलता मात्र हैन, कहिले काँही हार पनि हुन सक्छ, हारलाई पनि मान्नु पर्छ भन्ने प्रेरणा पाए |”
-         बन्दना थापा (९)
“यदि काम गर्दा असफल भैयो भनेर हरेस खानु भन्दा त्यस कामलाई दोरहाएर गर्ने कोसिस गर्नुपर्छ | आफुले लिएको लक्ष्यलाई निरन्तरता दिनु पर्छ | म आफुले संघर्ष गरे मात्र आफ्नो जीवनमा रहेको लक्ष्यहरु पुरा गर्न सक्दोरहेछु भन्ने बुझे | “
-         मनिस लामिछाने (९)
“कम्युटरको इतिहास, सफ्टवेयर, APple कम्पनिको बारेमा ज्ञान पाए |
मेहेनत गरे मात्र सफल हुने | Never give up. आफ्नो डरबाट नभाग्ने,बरु त्यसलाई हटाउने भन्ने प्रेरणा पाए |”
-         बिमला तामांग (९)

“कम्प्युटरको history, कँहा बाट सुरु भै यो अवस्थामा आइपुग्यो भन्ने थाहपाए |
आफ्नो लक्ष्य वा सपना जतिनै गार्हो भएपनि त्यसलाई निरन्तरता र मेहेनत गरे सफलता पाइन्छ | कुनै बिषयमा जिज्ञासु हुनुपर्छ र त्यस बारेमा सानैदेखि मेहेनत गर्नुपर्छ, त्यसपछि सफलता पाइन्छ |”
-         सुशिला खड्का (९)
“उंहाले सानैदेखि मेहेनत र परिश्रम गरेर प्रगतिको पथमा लाग्नुभएको रहेछ | मा पनि अब र आजैदेखि उंहा जस्तै प्रगतिको पथमा लाग्ने छु | “
-         अनिता देउजा (९)
“कम्प्युटरको बारेमा, आविस्कार कसरि भयो | कम्प्युटर सुरुवातमा धेरै ठुलो र चलाउन गार्हो हुन्थ्यो तर अहिलेको कम्प्युटर सानो र चलाउन सजिलो भएको थाहपाए |
हामी सानैदेखि मेहेनत र आफ्नो सपना पुरा गर्न नियमित प्रयास गरेमा सफल हुन्छौ | कुनै काम बिचमा असफल भएपनि बिचैमा नछोडी गरिरहेमा सफलता पाइने रहेछ |”
-         सबिना तिमल्सिना (९)
“सानैबाट मेहेनत गरेर मेहेनत गर्नु पर्ने रहेछ | मानिसको जीवनमा जुनसुकै बाधा आएपनि नछोडीकन काम निरन्तर प्रयास गरेपछि सम्भव हुनेरहेछ |”
-         साजन तामांग (९)
“सुजिन सरले देखाउनुभएको videoबाट कम्प्युटर कसले बनाएको, कहिले, कहाँ बनेको, पहिले को र अहिलेको कम्प्युटरमा धेरै फरक जस्ता धेरै कुरा सिके |
धेरै मेहेनत गरेमा सफलता पाइन्छ भन्ने थाह पायो | एकचोटी असफल भयो भनेर हार मान्नु हुँदैन भन्ने प्रेरणा पाए|”
-         संगीता घले (९)
“अहिलेको भन्दा पहिले ठुलो ठुलो कम्प्युटर हुदोरहेछ | पहिलेको कम्प्युटर मानिस भन्दा ठुलो कम्प्युटर चलाउँदा रहेछन र अहिलेको कम्प्युटर चै जुन पनि ठाउँमा पनि बोकेर लिएर हिड्नु सकिन्छ |
हामीले पनि आटेउ भने नसकिने काम पनि गर्न सकिने रहेछ|”
-         राम कृष्ण थापा मगर (९)

Sher Bahadur Tamang (MP)


मैले सिकेको कुरा:
-         संबिधान र संविधानको विशेषता
-         गणतन्त्रको र लोकतन्त्रको उदेश्य
-         समावेशीकरण सम्बन्धी
शिक्षा हाम्रो जीवनको महत्वपूर्ण अंग हो | शिक्षा प्राप्तिको लागि जस्तो सुकै कार्यमा पनि मा सक्छु भनि लग्नुपर्छ| हामी ठुलो बन्छु भनेर हैन, असल मान्छे बन्छु भनेर लाग्नुपर्छ | असल मान्छे बाट नै ठुलो मान्छे बन्न सकिन्छ |”
-         प्रमोद तामांग (१०
“संबिधान, गणतन्त्र, संघियता, लोकतन्त्र, संबिधान २०७२को बारेमा थाह पाए |
उँहाको जीवनबाट संघर्ष, मेहेनत गरेर पढ्नुपर्छ भन्ने प्रेरणा पाए|”
-         सीतामाया तामांग (१०)
“संबिधानको बारेमा बिस्तृत जानकारी, नागरिकताको बारेमा थप कुरा, आमाको थरबाट पनि बंश निरन्तरता , समावेशिता र संघियताले देश बिकाशमा कसरि मदत पुग्छ भन्ने थाहा पायेउ |
आफु कैले पनि कम्जोर छु, म यो गर्न सक्दिन भनेर हार नमान्ने | जीवन नै संघर्ष भएको र संघर्षबाट नै सफलता पाउन सकिन्छ भन्ने प्रेरणा पाए |”
-         निर्जला आचार्य (१०)
“आफ्नो देशको राजनीतिको बारेमा धेरै कुराहरु सिक्न पाए | जस्तै: पहिले पहिले हाम्रो देशमा भएका साशनहरुको बारेमा | राजनीति किन गर्नु पर्छ भन्ने कुरा सिक्न पाए | राजनीतिमा कुन उदेश्य बोकेर जानुपर्छ, राजनीति कसरि गर्ने र कसरि लाग्ने भन्ने जान्ने अवसर पाए |
हामीले अहिले दुख पाए भनेर आफ्नो पढाईलाई बिचमा रोक्नु हुँदैन | एकपटक हासिल गर्न नसके पनि अर्को पटक जसरि भएपनि हासिल गर्नुपर्छ |”
-         सुरज ब्लोन (१०)
“नयाँ संविधानको बारेमा थाह पायेउ | संबिधान बनाउन के के कुरा चाहिन्छ र के के गर्नु पर्छ भन्ने कुरा थाह पायौ | सांसद कसरि बनिन्छ भन्ने थाह पाए |
यस धर्तिमा पाइला टेकेपछि केहि न केहि कुरा गरेर मर्नुपर्छ अर्थात यस देशको एक सच्चा कर्मशील नागरिक बन्नु पर्छ |
हाम्रो जीवनमा सबैभन्दा ठुलो कुरा भनेको नै शिक्षा हो, जुन बिना हाम्रो जीवन अन्धकार हुन्छ | आफुले मेहेनत गरि पढ्यो भने त्यसको फल अवस्य पाउन सकिन्छ | त्यसकारण हामी कहिलेइ पनि पछी हट्नु हुँदैन भन्ने प्रेरणा पाए|”
-         नाम नखुलेको (१०)
“मैले सिकेका कुराहरु:
-         संविधानको परिचय
-         गणतन्त्र
-         प्राचिन राजनीति
-         राजनीतिमा सहि भूमिका
-         देशका सांसदको कर्तब्य
शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा रहेछ | असल मानिस बन्नु पर्छ | लक्ष्यलाई पछ्याउनुपर्छ “
-         बिबेक थापा (१०)
“शिक्षा नै जीवनको अमुल्य अंग हो | हामी जो जस्तो भए पनि शिक्षालाई अगाडी बढाउनु पर्छ | हामी असल मानिस भएर काम गर्नुपर्छ र आफ्नो के लक्ष्य हो, त्यो लक्ष्यलाई कसरि राम्ररी बनाउन सकिन्छ, सबै कुरा सानैबाट सिक्नुपर्छ |”
-         रमेश तामांग (१०)
“गणतन्त्र, लोकतन्त्रको बारेमा जानकारी पाए| उंहाले आफ्नो जीवनमा के कसरि भोगेर आफुले शिक्षा प्राप्त गर्नु भएको रहेछा थाह पाए | शिक्षाको महत्व काँहादेखि कँहा सम्म रहेछ भन्ने आज प्रस्ट भयो | “
-         आर्यन ब्लोन (१०)
“एउटा सामान्य परिवारमा जन्मिएर पनि ‘म गर्न सक्छु’ भनि अघि बढेर सफल हुनु भएको रहेछ | प्रयास गरि अघि बढ्ने, कहिलेइ हार नमान्ने प्रेरणा पाए|”
-         एलिशा देउजा (१०)
“एउटा सामान्य परिवारमा जन्मिएर पनि ठुलो पदमा पुग्नुभएको छ | सरकारी स्कुलमा पढेर पनि राम्रो प्रगति गर्न सकिदो रहेछ |”
-         सम्झना ढुंगाना (१०)




Comments

Popular posts from this blog

Bikharney Ka Mujhko Shauq Hai Bada | Qala | Guitar Chords and Lyrics

Full song here:  https://youtu.be/-lcd1ixHqjE?t=670  or here  https://youtu.be/1Hd7Gl_mLzw G                                             C Bikharney Ka Mujhko, Shauq Hai Bada G                D                        C  G  D Sameitega Mujhko, Tu Bata Zara... G                                                C Haaye, Bikharney Ka Mujhko, Shauq Hai Bada G                D                        C  G  D Sameitega Mujhko, Tu Bata Zara... G D G G                 C                                G Doob-ti Hai Tujh Mein, Aaj Meri Kashti G                    C                  G Guftagu Mein Utri Baat Ki Tarah G                   C                               G Ho, Dekh Ke Tujhey Hi, Raat Ki Hawa Ne G                         C            D               G Saans Thaam Li Hai Haath Ki Tarah, Haaye... G                                             C                Ki Aankhon Mein Teri Raat Ki Nadi G                         D Yeh Baazi To Haari Hai G      C        G D Sau Feesadi... G           

Timi Uta Ma Yeta (Sunsaan Raat Ma) Guitar Chords - Pratik Gurung Cover - Original by Milan Newar, Rajan Raj Shiwakoti

 I came across this song when Kanden Limbu sang this in Nepal Idol.  He was one of the contestants. I thought it was his original. Surprisingly, it is not. His was based on Pratik Gurung's cover. This is actually a full fledge song with a music video. Here's the original one. However, I like the cover version. Here are the chords for a portion of the song. The chords are based on this tutorial . In the tutorial, plucking is used. You can strum as well if that's what you prefer.  CAPO: 2nd fret STRUMMING: D-DU Plucking used: 5-2-3 (C and Am), 4-2-3 (FT and GT), 6-2-3 (G) Chords: C, Am, G Major, F Major Triad (FT), G Major Triad (GT) NOTE: It's easier if you play G Major in C's original position; just move 2 and 3 fingers one step up.   C                             Am (Sunsan raat ma yo mero aatma FT               GT    C Chasakka bijheko mayalu C                             Am Timlai nai samjhi ma ruda ruda FT       GT   C Sirani bhijheko ) x 2 C                  

Pokhiyera Ghaam Ko Jhulka Guitar Chords|| Narayan Gopal || Ambar Gurung || Hari Bhakta Katuwal

  Pokhiyera Ghaam Ko Jhulka Guitar Chords || Narayan Gopal  Composer: Ambar Gurung Lyrics: Haribhakta Katwal Vocals: Narayan Gopal Guitar Chords based on tutorial by Nepali E-Chords . I take no responsibility if the chords are not absolutely right. But it sounded good enough for me.  Chords used: G, C, D, Am, Em, Bm Strumming: D-DUDU Intro: D       G      D             G              D      G Pokhiyera Ghamko Jhulka, Bhari Sangharama G                     D                     Em                G Timro Jindagiko Dhoka, Kholu Kholu Lagchha Hai Am                     C           D Kholu Kholu Lagchha Hai D      G      D    G       D      G Sayapatri Fula Sitai, Fakri Aaganama G                  D          Em              G Batasko Bhaka Tipi, Bolu Bolu Lagchha Hai Am                C           D Bolu Bolu Lagchha Hai Verse:1 G                Bm                     G                         D (Kati