
एक्लो हुदा जिन्दगीमा
गार्हो हुदो रहेछ
एक्लो हुँदा जिन्दगीमा
आँसु ‘पनि’ खस्दो रहेछ
साथ थियो, माया थियो
त्यो सबै आखिर छुट्दो रहेछ
एक्लो हुदा जिन्दगीमा
भक्कानो फुटदो रहेछ
तिमि मेरो लागि, भन्थेउ
म तिम्रो लागि
आज - आज तिमि कँहा
म कँहा,
जिन्दगी आखिर यस्तै नै रहेछ,
एक्लो हुँदा जिन्दगीमा
एक्लो हुन सिक्नु पनि पर्दो रहेछ
थाहा थियो – थाहा त थियो
मलाई पनि
आखिर कुनै बेला
एक्लो नै हुन्छु
तर मानेन मनले, चाहिन मैले
छोड्न एक्लोपनमा पाएको
त्यो माया,
त्यो साथ
आज म छु,
तर तिमि छैनौ
आज म छु,
तर तिमि छैनौ
एक्लो भए जिन्दगीमा
हे जिन्दगी – कतै तिमि नै त बैगुनी हैनौ?
हैट! यो साला जिन्दगी
बिरक्त यो जिन्दगी,
निरास यो जिन्दगी,
एक्लो यो जिन्दगी
एक्लो हुँदा जिन्दगीमा
सायद,
एक्लो हुन सिक्नु पनि पर्दो रहेछ ||
Comments
Post a Comment
Thanks for the comment! :)