आखिर मलाई किन रोज्थेउ र?
म परे वर्तमानमा
जिउने मान्छे,
तिमीलाई चाहिने
भविष्य सोच्ने,
आखिर मलाई किन
रोज्थेउ र?
म परे वर्तमानको
ठेगान नभएको मान्छे,
तिमीलाई चाहिने
भविष्य सुध्रिद र सुखी भएको,
आखिर मलाई किन
रोज्थेउ र?
म परे बैरागी जीवन
बिताउने,
तिमीलाई चाहिने
चिटिक्क परेको,
आखिर मलाई किन
रोज्थेउ र?
म परे १०० रुपैयामा
बिहे गरुम भन्ने,
तिमिलाई विलासी,
देखावटी पारामा गर्नुपर्ने,
आखिर मलाई किन
रोज्थेउ र?
म परे मुटुको सुन्ने,
तिमि परेउ दिमागले
सोच्ने,
आखिर मलाई किन
रोज्थेउ र?
म परे भावुक भएर टिच
फर नेपाल छिरेको मान्छे,
तिमीलाई चाहिने टन्न
गाठ कमाउने,
आखिर मलाई किन
रोज्थेउ र?
म परे, नेपालकै लागि
गर्छु भन्ने पागल,
तिमीलाई चाहिने
हरियो कार्ड बोकेर हिड्ने,
आखिर मलाई किन
रोज्थेउ र?
विलासी जीवन दिन त
सक्थिन,
तर खुसि जीवन अवस्य
दिन्थे,
तर किन रोज्थेउ र?
चिल्लो गाडी र महल
घर दिन त सक्थिन,
तर माया कोहिभन्दा
कम गर्ने थिईन,
तर किन रोज्थेउ र?
तर होइन...
गल्ति तिम्रो पनि त
हैन,
बैरागी, पागल, मुडी
मान्छे कसलाई न मनपर्छ र,
मायाको भरमा जिन्दगि
बाच्छु भन्नेको भर पर्न कसरि सकिन्छ र,
आखिर मायाले खान र
लाउन पुग्ने त हैन!
जे गरेउ, ठिक गरेउ,
तेही सोचेउ जो सबले सोच्छन,
तेही गरेउ जो सबले गर्छन...
आखिर मलाई किन
रोज्नु र?
Comments
Post a Comment
Thanks for the comment! :)