Skip to main content

साइकलमा चढेको देखेर मलाई कसैले 'कुइरे' भन्दा ... [ My experience - #Cycling from Kathmandu to Sauraha - Meghauli #Nepal ]


साइकलमा चढेको देखेर मलाई कसैले  'कुइरे' भन्दा ...




' ओ कुइरे ' , ' हेल्लो ' , ' प्लिज , गिव  सम  मनि ' , अनि यस्तै यस्तै अंग्रेजी भाषाका केहि पंक्तिहरु तोते बोलीमा , जानी या नजानी भन्ने साना भाई बहिनीहरु थुप्रै भेटिए यो २०० कि .मि को साइकल यात्रामा |

कुरा २७  सेप्तेम्बेर , २०१२ को हो | त्यो भन्दा पहिले , साइकल यात्रा जानु पुर्बका केहि कुराहरु पोखु है | :)

कुरा सुरु गरौ मेरो पहिलो साइकल यात्राबाट | हुन त साइकल पहिले नचलाएको हैन, तेहिपानी धेरै भैसकेको थ्यो साइकलमा नचढेको , अनि कुनै साइकल यात्राको कार्यक्रममा त झन् कहिलेइ भाग लिने मौका नै मिलेन ! Ktm to KU (काठमाडौँबाट काठमाडौँ बिश्वबिध्यालय ) नामक एउटा कार्यक्रम राखियो |  धेरै अघिबाट नै म कुनै एस्तो कार्यक्रममा जना चाही रहेको थिए | मलाई त के खोज्छस कानो, आँखो भनेजस्तै भैगो नि ! एस्तो मौका केहि गरि पनि म गुमाउन चाहन्थिन | साथीहरुलाई सोधे कोहि जाने हो कि भनेर, तर सधैझैँ मेरो कुरामा साथ् दिने कोइ थिएन, चाहे मैले राम्रो कुरा नै किन नगरु ! तर मलाई त्यो समयसम्म " बाल   "  लाग्न थालिसकेको थियो एस्तो कुरा बाट | साथीहरु भन्या यस्तै हुन् भनेर मैले बुझिसकेको थिए | तेसैले कसैले साथ् नदिएपनि मा जसरि नि जाने सोच बनिसकेको थिए र मेरो प्रोजेक्ट को इन्टरवीव हुदाहुदै पनि  गए |

त्यो साइकल यात्रा का केहि  तस्बिरहरु - http://amwrit.blogspot.com/2012/06/cycle-to-work-june-29-ktm-to-kathmandu.html

त्यो यात्राबाट मैले साइकल प्रतिको आफ्नो लगाव बुझिसकेको थिए | अब म रोकिने वाला थिईन ! मैले फेरी साइकल मा कतै जाने सोच बनिसकेको थिए  | साथीहरुलाई सोधे, र सोचे बिपरित यो पाली चै साथीहरु जान तयार भए  | हामी केहि साथीहरु गोकर्ण सम्म  पुगेउ  |

तर मलाई अझै पनि पुगेको थिएन | घरमा कर गरेर एउटा जस्तो सुकै भएपनि , साइकल किने ! हामी केहि साथीहरु मिलेर फेरी ककनी पुगेउ | अप्ठ्यारो बाटो, उकालोको थकैले झन् मेरो साइकल मोह बढाईदियो  | तेस्पछी पनि म बिदाको मौका परेर एक्लै नै साइकल यात्रा गर्न थाले, कहिले चक्रपथ घुमे, कहिले तौदः , कहिले थानकोट  ... बिदा सकियो र म कलेज फर्किए ! 

कलेजमा तेही त हो, जति खेर नि फेसबुक र ट्वीटर चलाउदै बस्ने | यसै क्रममा  सायद Kathmandu  Cycle  City 2020 (https://www.facebook.com/groups/kcc2020/) को फेसबुक ग्रुपबाट होला मैले काठमाडौँबाट सौराहा - मेघौली साइकल यात्रा हुन लागेको कुरा थाहा पाएको  | https://www.facebook.com/events/411435072252135/

त्यो थाहा पाउने बितिकै मलाई जान मन नलाग्ने त कुरै भएन | जान त मन थियो, तर लामो दुरीको बाटो , क्लास छुट्ने , नराम्रो साइकल , साइकल बिग्रिएर बाटोमा दुख दिन्छ भन्ने टेन्सन ( एकचोटी बिग्रेर दुख दिएको भएर ) , यस्तै यस्तै कुराहरुले हल्का मलाई रोकिरहेको थिए | तर मेरो मनले चटक्कै नजाने कुरा चै मान्न सकिरहेको थिएन | मलाई सोच्ने समय थियो | फेसबुक पेजमा गएर कुराहरु क्लिएर गर्न थाले | मलाई सबभन्दा डर भनेको साइकल बिग्रिने थियो | मैले त्यहाँ एति धेरै कुराहरु सोधे कि, आफ्नो बिल्ला नै गरे मैले, सायद सबले मलाई ' कसो औडाहा रैछ  " भनेर भन्न थालिसकेका  थिए |तर मलाई मतलब थिएन यो सबको | मैले सोधे साइकल बिग्र्यो भने के गर्ने ? अनि जब मैले थाहा पाए कि एउटा रेस्क्यु भ्यान पनि संगसंगै हुन्छा र साइकल बिग्र्यो वा केहि समस्या पर्यो भने तेस्मा चढ्न  मिल्छ , तब मैले तय गरे ' म जान्छु ' | ' कोहि जान्छ  कि भनेर सोधे , तर कोहि  मानेनन्  | सबको  आफ्नो आफ्नो कहानी  थियो | मैले कुरा निकालेको भएर 'जान्न' भन्ने त कति छन् कति, तेसलाई मेरो 'ठेंगा' !!

कार्यक्रम को केहि दिन अघि सानो भेटघाट भयो, धेरै आएनन | पुस्कर शाहलाई भेटियो ! तेतिबेला बल्ल थाह्भायो हाम्रो कार्यक्रम त पुस्कर दाइको नेतृत्वमा हुदै रैछ | पैसा बुझाइयो , मेरो जाने पक्का भयो |

अब मलाई एउटा हेल्मेट किन्नु थियो | हुन त साइकलमा हेल्मेटको खासै महत्व देख्दिन म, तेस्तो ' रफ ' चलाउदिना   आफु , लडे पनि  खासै चोट नलाग्ला | अब गाडी आएर ठोक्यो भने त , त्यो हेल्मेट ले के नै बचाउला , हैन र? तर हेल्मेट बिना साइक्लिंग  गरेको जस्तो अनुभव नहुने जस्तो लग्यो, तेही कारण किन्नु खोजेको ! तर मलाई महँगो किन्नु मन थिएन ... तेहिभायेरा अलि सस्तो खोजे १ हप्ता सम्म, र आखिरमा ५०० मा भेटे एउटा सस्तो, जस्तो सुकै भएपनि |




अब तयार थिए म जान लाई , कौतुहलता थियो मनमा , अर्कोतिर कोइ केटि  पनि आए रमाइलो हुन्थ्यो भन्दै सोचिरहेको थ्यो मेरो पापी मन :p  | म दिन गन्दै थिए , मेरो साथीहरु चै ' त कहिले जाने हो सौराहा ? ' भनेर सोध्हेरा हैरान पर्थे, सायद बिल्ला गर्न खोज्य होलान, तर तिनीहरुलाई
 के थाह, मलाई बाल छैन भनेर :D |

२७  सेपेत्म्बेरबाट थियो कार्यक्रम, म  अघिल्लो रात २६  सेप्तेम्बेर काठमाडौँ आफ्नो घर गए | बिहानै ५ बजेर उठेर सब सामान मिलाएर म निस्के | नरसिंग चोक मा सब भेला हुने कुरा भएको थियो | त्यहाँ पुगेर मैले देखे, सब खतरा खतरा ( GIANT ) साइकल, CYCLE SUIT  लगाएर आएका  थिए, पुरै PROFESSIONAL जस्तै | एकछिन त मलाई अप्ठ्यारो लाग्यो आफ्नो साइकल देखेर | तर एकछिन पछी सोचे, जस्तो भएनी जाने हो, रमाइलो गर्ने हो , हेरुम खतरा GIANT ले जित्छा कि मेरो खतरा CHINESE  साइकल ले |

केहि छिनमा पोखराका केहि साइकल यात्री हरु पनि आइपुगे, र सब भेला भैसकेपछि हामी पर्यटन बोर्ड लगियो, केहि औपचारिक कार्यक्रमको लागि | छोटो भासन भयो, सब फोटो खिचाउन थाले, कोइ प्रमुख अतिथि हरि बंश दाइ संग , कोइ पुस्कर दाइ संग, आफुलाई चै एस्तो कुरामा अलि रुची लाग्दैन, म चै साइकल को फोटो खिच्नु मा ब्यस्त थिए | एकछिनमा  ग्रुप फोटो खिचाउने बेलामा पनि, सब अगाडी तन्किए, म  चै पछाडी :D  (THAT 's SO ME ) |




केहि छिनमा प्रमुख अतिथि ले राष्ट्रिय झन्डा ले कार्यक्रम को सुरुवात गर्नुभए पछी , हामी लागेउ आफ्नो गन्तब्य तर्फ  |  हाम्रो पहिलो गन्तब्य हेटौडा  थियो, दक्षिन्कालि को बाटो हुदै ! त्यो बाटो पहिले नै गैसकेको भएर थाहा  थियो, बाटो उकालो छ, गार्हो छ ! सक्छु कि सक्दिन भन्ने सोच्दै थिए मनमा ... केहि बेरसम्म त सम्म बाटो भएकोले रमाइलो भो सबलाई, तर जब उकालो सुरु भयो, सबको तेल निस्किन थाल्यो, GIANT बोकेर आउने हरु पनि सेलाउन  थाले ! मेरो साइकल ले चै दुख दिन थालिसकेको थियो, अरु दिन भन्दा अलि धेरै नै गार्हो भैरहेको थियो गिअरमा | मेरो मान्यता के छ भने, नसक्ने जस्तो भएपछी म  ओर्लेर साइकल दोराउछु , नसकी नसकी कसैलाई केहि देखाउनु छैन !  एकछिन पछी निकै गार्हो भएपछी म  ओर्लिए!  अगाडी हेरेको ५ जना दाइहरुपनि दोराउदै रैछन | त्यो भिडमा एउटा दाइ " बुढो साइकल " दोराउदै  हुनुन्थ्यो | पछि पो थाहा भयो त्यो दाइ पनि हामी संगै यात्रा मा आउनु भएको रहेछ  | त्यो दाइ धेरैका लागि प्रशंसा र प्रेरणा को स्रोत बन्नुभयो, मेरोलागि पनि | बुढो साइकलमा त आउनुभयो भने, मेरो त अलिकति भएनी राम्रो छ भनेर म कम्मर कसेर अगाडी बढे !




एकछिनमा सब थकाई मेट्न बसे ! त्यहाँ एउटा दाइले  मेरो साइकल र बुढो साइकल को तुलना गर्नुभो , त्यो बुढो साइकल भन्दा त मेरो साइकल भारि  छ  रे भन्या !!! ठिकै भन्या होला भन्न त, तर उसै त गार्हो भै रहेको  बेलामा झन् एस्तो भंदिदा रिस उठ्छा नि भन्या ! सुनेर नि नसुने जस्तो गरे !

मलाई म सबभन्दा पछाडी हुन्छु अनि छुट्छु, बिल्ला हुन्छ भन्ने डर थ्यो, तेसैले होला अगाडी जान कोसिस गरिरहेको थिए ! भए भरको बल निकालेर मा अगाडी बढे, तर एकछिन मा न मेरो अगाडी कोइ थियो, न कोहि पछाडी ! म त कतै अर्कै बाटो पो आएछु भन्ने डर लग्न थाल्यो | तेसैले अलि बिस्तारै हिड्न थाले .. एउटा पनि फोटो खिच्ने मौका मिलेको थिएन, अब चै बिस्तारै फोटो खिच्दै अघि बढ्न थाले | एकछिन मा एउटा दाइ आएपछि बल्ल ढुक्क भो नि भन्या, सहि बाटो आएको रहेछु भनेर  ! म भन्दा पछाडी आउनेहरु धेरै नै थिए, तेसैले अब मलाई केहि चिन्ता थिएन, म बिस्तारै , गीत सुन्दै अगी  बढ्न थाले | एति थाके कि, अलिकति उकालो आउने बित्तिकै ओर्लिहाल्थे , तर तेसैमा त छ असली मजा साइक्लिंगको !

केहीबेरमा सिस्नेरी पुगे , त्यहाँ त ५, ६ जना भन्दा धेरै आइपुगेका रहेनछन , हाहा खुसि लग्यो भन्या :D !! त्यहाँ धेरै बेर नै थकाई मारियो | धेरै नै बेर लाग्यो , पछाडी रहेका GIANT वाला हरुलाई आइपुग्न | खुसि लगिरथ्यो हावा CHINESE साइकलमा भएनी धेरैनै अगाडी आइपुगेकोमा | एउटा खतरा कुरा त भन्ने बिर्सिरा धन्न ==   सिस्नेरी आइपुग्न लाग्दा एउटा डएन्ज़ेर ओरालो थियो .. एउटा पोखरेली दाइ मेरो अगाडी थिए, जसको अगाडी एउटा सुमो  थियो | सुमोले गर्दा धुलो उदेपछी त्यो दाइले मस्क लगाउनु खोजे , देब्रे हाथले, अनि ब्रेक लगाउनु पर्दा अगाडिको ब्रेक झ्याप्प लगाउदा दाइ त खतरा  नै बुल्दुंग बल्दुंग लड्नुभो नि !

एकछिनको आराम पछी म अलि अगाडी नै हिडे, तर यो पाली चै GIANT मा :D !! अब एकदमै गार्हो उकालो छ भने सुने, कसैले भनेको.. तेसैले एउटा साथि, जसले अब चलाउन सकिन्न भनेर आरामले बसेका थिए, उसको साइकल मागे त्यो उकलोसम्मा को लागि | मैले अरु कसैको  साइकल माइक्रोको   छतमा राख्न मदत गरे, जब आफ्नो राख्न खोजे, एक्लै त उचाल्नै सकिन भन्या, तेती बेला बल्ल थाह्पये कति गह्रुङ्गो  रैछ  मेरो खतरा साइकल भनेर | :D जब म त्यो साथीको GIANT साइकल चढे, मा कसम कस्तो हल्का थ्यो त्यो त .. तर सब ENERGY नै सकिसकेको भएर जति राम्रो साइकल भएनी गार्है हुने वाला थियो ... बिस्तारै अघि बढे ... आफ्नै धून मा, फोटो हरु खिच्दै !!!

निकै रमणीय ठाउहरु आए, निकै खतरा फोटोहरु पनि खिचियो  !  जिउ त  खत्ल्या खुत्लु भैसकेको थियो | साइकल दोराउना पनि अब त गार्हो भैरहेको थियो | कुलेखानी दयाम सम्म त जसो तसो पुगियो .. त्यहाँ बाट ठाडै उकालो थियो, खासै धेरै कि.मि त बाकी थिएन होला, तर अलि ढिला हुन लागेकोले हामी माइक्रोमै जाने निर्णय गरेउ ! माइक्रोमा देउरालिसम्म  गएर आराम गरेउ, चियापान गरेउ | निकै जाडो थियो !! तेस्पछी ओरालो नै ओरालो नि  , अघि नसकेर बसेका हरु पनि सब ओर्लिए..साइकल मै  !  तर गार्हो के चै पर्यो भन्दा, रात परिसकेको थियो, र धेरै संग बत्ति थिएन .. खतरा खालको बत्ति .. तर जसो तस्तो, मिलोमतो मा, अर्काको बत्तिको उज्यालोमा भएपनि हामी भीमफेदी पुगेउ | अब चै बत्ति जसरि नि चाहियो  भनेर म  टोर्च वाला गास लाइटर खोज्न हिडे पसल तिर, झन् खतरा फ्ल्यास लाइट नै भेटियो, अब चै ढुक्क भैयो | त्यो रात साइकल चलाउन झन् रमाइलो भो, सित्तल हावा, जुनको प्रकाश, निकै रमाइलो थियो | अर्को मजा के पनि थियो भन्दा, सबै संग लाइट नभएको कारणले मिलेर हिड्नु पर्थ्यो , एक अर्कालाई रोडमा भएको खाल्डो, ब्रेकर , ढुंगा आदि इत्यादिको सूचना दिदै ... तेसैले तेत्रो ७० कि.मि. चलाउदा संगै नभएको हामी त्यो रात चै संगै नै चलाउन थालेउ!  रमाइलो !!!











लगभग १० तिर हामी हेटौडा पुगेउ, होटेल अर्किड ( होटेल एवोकादो ) | सबलाई रूम मिलाउन    थालियो .. त्यहाँ धेरै आफ्नो साथिको ग्रुप मा एक थिए, सब आफ्नो आफ्नो ग्रुप संग कोठा फिक्स गर्दै रूम तिर लागे | तर म चै एक्लो भएको ले, कता जाउ भयो | सायद थोरै नै थिए म जस्ता एकले हरु ! आफु त जोसंग गएपनि एउटी नै थियो कुरा, तेइभयेर ४ जना को एउटा ग्रुप मा नाम लेखाए ! म, शिर्जन दाइ , प्रमेश दाइ र अर्को एउटा दाइ ( नाम बिर्से , माफ पाउ है दाइ ) , होटेल लेदो मा ( :p ) | तेसै होटेल मा अर्को ३ जना को ग्रुप पनि थियो, शिशिर दाइ ( हाम्रो कुइरे :P ), गौरव दाइ ( सिन्गेर दाइ ) र अर्को नाम  थाहा नभएको दाइ :D |

फ्रेस भैयो  ! दाइहरुले तल बोलाउनु भयो, एकछिन रमाइलो गर्न ! आफु फेरी नखाने मान्छे परियो, रमाइलो गर्ने नमिल्ने... सधै तेइ झ्याउ! दाइहरुको लागि भएपनि अलिकति बिएर खाए, चाखे भानुम, ऐलेसम्म नचाखेको रैछु मैले त्यो चै, COBLENZER होला नाम सायद... होनी मिस्सेको छ रे, अरु बिएर भन्दा चै हल्का ठिक लग्यो, तर धेरै खान सकिन !  १२ : १५ तिर म  चै सुत्न आए, अर्को नाम थाह नभएको दाइ त सुतिसक्नु भाको रैछ !  म नि सुत्ने कोसिस गरे, तर १ : ३० सम्म त निन्द्रै लागेन भन्या, तेस्पछी निदाए कति खेर, पत्तो भएन.. अनि बिहानै ४:१५ तिर निन्द्रा खुलिहाल्यो, छटपटी हुन थाल्यो, फेरी निन्द्रा लागेन .. उठे, फ्रेस भए ! ६ : ३० तिर निस्कियेउ , भेला हुने ठाउ तिर! सब आफ्नो साइकल कुदाउदै , मर्मत गर्दै  रैछन ! मलाई चै केहि गर्ने मन लागेन  !  जब निस्किने समय भयो, एस्सो साइकल चलाउनु खोज्छु त साइकल त बिग्रियेछा बा, जति पेडल चलाउदा पनि त्य्रे चै नघुम्ने! औडाहा भो मलाई   !!! एकछिन पछी काम त गर्यो, तर बेला बेलामा दुख दिन थाल्यो | हाम्रो एउटा मेकानिक भाइ थियो, राज कुमार , उसलाई हेर्दिन भने, तर ' यो साइकल को मलाई केहि औदैना " भन्यो -- मेरो खतरा CHINESE साइकल लाई हेप्य होला सायद | जसो तसो चलाउन थाले, हेटौडा बजार राउण्ड लगाइयो , तेस्पछी सहिद स्मारक पुगियो, जुन अघिल्लो साल कलेज बाट टूर आउदा गैयेना ! केहि बेरको औपचारिक कार्यक्रम, चियापान , अनि घुमियो एकछिन सहिद स्मारक, तेस्पछी , DREAM TOUCH RESTAURANT गएर खानपान गरियो अनि लगियो सौराहा तर्फ!

सबै खुसि थिए, अब त पुरा  सम्म बाटो छ, सजिलो बाटो भनेर ! तर कसलाई थाह थियो र, सम्म बाटोमा झन् धेरै स्टामिना चाहिन्छ भनेर | एकै प्रकारको बाटो चलैरख्दा त मोनोटोनोस हुदो रैछ झन्  | कसै संग संगै संगै चलाउन पाए रमाइलो हुन्थ्यो भनेर, एउटा पोखरेली दाइ संग चलाउन खोजे, तर त्यो दाइको नि खतरा साइकल, अगाडी गैहलने.. फेरी एक्लै नै चलाउन थाले.. आफ्नै धुन मा, रमैलाई भैराखेको थियो, तर एक्कासी खै म मा के शक्ति आयो तेस्तो, म रोक्दै नरोकी, हाइ गिएर राखेर कुदाउन   थाले, पुरै साइन्स लगाउदै , मुमेनतम   गेन गर्दै, चलाउन थाले, ताबद तोड  का  साथ्  !! म त एति अगाडी पुगे कि, कता हो कता भएछु  !

एउटा कुरा याद आयो.. हाम्रो साइकल यात्रीको ग्रुप मा एउटा महिला नि हुनुन्थ्यो, ताशी दि ! देउराली सम्म त उकालो भएर खासै धेरै चलाउनु भएन , तर हेटौडा बाट त खतरा निस्किनु भयो! सबलाई जितेर दि त कता हो कति अगाडी नि! मान्नु पर्छ !




केहि छिन पछी, सौराहा आउन लाग्यो  कि भनेर एउटा फुच्चे लाई सोधे -- उसले १० मिनेट मा आइपुग्छा भन्यो! अब जम्मा तेती त रैछ  नि भनेर एस्तो कुदे, तर १० मिनेट मा कहाँ आइपुग्नु नि  !
 अलि  पर पुगेर अर्को एउटा बजेलाई सोधे, २० कि.मि. बाकी छ भन्नुभो ! बाफ  रे, औडाहा नै भयो नि ! तर बिस्तारै, जसो तसो पुगे , गैडा चोक , ठुलो गैडाको मुनि  ! सायद १० जना जति आइपुगेका थिए ५८ जना जति मा | खुसि र गर्व लागि लागिरहेको थियो |







त्यहाँ पुग्ने बित्तिकै , सौराहा बस्ने बहिनि ( ठुली आमाकी छोरीको ) याद आयो ! १ महिना अघि छोरो पाएको, भान्जालाई भेट्न आइज भन्दै थि बहिनि ले ! जानु त मन थियो, भंजोलाई हेर्नु नि मन थियो  ! तेसैले, सब आइपुगिनजेल भेट्न भयाउछु कि भनेर फोन गरे, र ज्वाईलाई पठाउन   भने | तर अलि बेर लाग्छा जस्तो लगेर भोलि भेट्छु भने, तर थाह थिएन भ्यौछु कि  नाइँ भनेर ! भोलि बिहानै ७ बजे हिड्ने कुरा थियो, तेसैले बिहानै ५ बजे तिर भेट्ने सुर गरे  |

बिस्तारै सब आउन थाले, औपचारिक कार्यक्रम नि हुदै thiyo ! यहाँ छ एउटा औडाहा कुरा मलाई अतिनै चित्त नबुझेको ! आफु यहाँ तेत्रो साइकल चलाएर थाकेको मान्छे चै उभिरछु , तर माइक्रोमा  मस्त संग आएका    ति महिला मित्रहरु चै मस्त संग गएर टेबलमा बसे  ! सायद थकैले होला, झन् रिस उथिरथ्यो  !!!  तेइमथि झन् साइकल समातेर हेल्मेट लगाएर नाटक परेर फोटो खिचौना थाले केटि हरु त.. पिट्दिउ जस्तो लगिरथ्यो भन्या ! पछी हेरेको त पत्रिका मा फेरी तेइ केटिहरुको मात्र फोटो अको रैछा, उफ्फ़ पत्रकारहरु पनि  ! [ no offense though :p ]




त्येस्पछी हामी सौराहा तिर लागेउ | अलि अगाडी बढेपछी हामीले मान्छेहरुको जमात देखेउ, हामीलाई स्वागत गर्न आएका रहेछन | जब पुस्कर दाइ आइपुग्नुभो , अनि त पन्चेबाजा घन्किन सुरुभो, कोइ दाइहरु त रोक्नइ सकेनन आफुलाई, नाच्न थालिहल्नुभ्हो | एकछिनमा पुस्कर दाइलाई हाथी चढाईयो   | हेटौडा मा पनि स्वागत त गरिएको थियो, तर सौराहाचाइ अलि फरक थियो | बाटो बाटोमा पानीले भरिएको तामाको गाग्री, फुल , मान्छेहरुको भिड, हामीलाई अबिर दल्नलाई बाटैमा बसेका मान्छेहरु ... साचैनै मनमोहक थियो, साइकल यत्रिहरुप्रतीको सम्मान देखेर म दङ्ग थिए | रमझम , नाचगान, र एकछिनको घुमाई पछी हामी RIVER PARKSIDE VIEW मा पुगेउ जहाँ हाम्रो बस्ने व्यवस्था मिलाइएको थियो | सब फ्रेस हुन आ आफ्नो रुम तिर लागे | त्यहाँ संस्कृतिक कार्यक्रम आयोजना गरिएको रहेछा | चितवनको थारु नाच को बारेमा सुनेको थिए, जुन पहिले टुर औडा मिस गरियो | तर यो पाली देख्न पाइने कुराले मा उत्साहित थिए | थारुका साथ् साथै झ्याउरे  र पन्चे बाजा मा नाच पनि हेर्न पाइयो , झन् सुनमा सुगन्ध |









केहीबेर पछी खान खाएरमा रुम तिर लागे, सार्है नै थकाई लागेकोले ! यो पाली चाइ, गौचन दाइ हुनुन्थ्यो मेरो रुम पार्टनर | दाइलाई मा बिहानै बहिनीकोमा जाने हुदा , निस्कने बेलामा मलाई कल गर्न भनेर म  सुते ! एक बिहानै उठे, बहिनीलाई ज्वाईलाइ  लिन पठाउना  भने | एकछिनपछि ज्वाई नि आइपुग्नुभो | बहिनीलाई देख्न पाइयो, भान्जा लै देख्न पाइयो, त्यो सानो हात र खुट्टा , ठुला ठुला आँखा का नानि देखेर म निकै नै खुसि थिए !

७ बजे तिर म  फर्किए, सब जान लाइ तयार भैसकेका रहेछन | म हल्का लेट भएछु | हतार हतार खाजा खाएर म साइकल लिन हिडे | ४-५ जान दाइहरु बाकि हुनुन्थ्यो , तिनीहरु संग निस्किने सुर गरे ! एकछिनमा सबै एकै ठाउमा भेला भयेउ र लगेउ मेघौली तर्फा - हाम्रो अन्तिम गन्तब्य !

टाउको दुखेकोले जान त मन थिएन, तर साइकल देखेर मन  थाम्नै सकिन !  जम्मा २० कि.मि. हो भन्ने सुनेथे, तेसैले जान तयार  भए | सब संगै हिड्न पाए रमाइलो हुन्थ्यो भनेर एकछिन त बिस्तारै चलाए, तर जब सब अगाडी बढ्न थाले, म  नि के कम र, कुद्न थाले | खै कहाँ बाट आयो शक्ति फेरी, आराम गर्दै, ग्लुकोज पानि  खादै , म अगाडी बढे ! धेरै भएको थियो हात छोडेर नचलाएको, मेघौलीको बाटोले फेरी सिकाइदियो  !! जसो तसो , पुगीयो ! निकै नै अगाडी आइपुगेछु म  त फेरी :) | त्यहाँ पनि फेरी स्वागतम कार्यक्रम सुरु भो | एकछिनमा Rhino Hotel
तिर लागियो | खत्तम बाटो, तेइमथि लामो बाटो -- उसै त थाकी लगिरथ्यो, मर्छु जस्तो भाकोथियो | पुग्ने बितिकै टन्न कागती पानि खान पियो, स्वर्ग पुगे जस्तो भो नि !! तेस्पछी खान खाइयो, २ नया कुरा चाख्न पाइयो, ' घुंगी ' र  अर्को खै तारा  आकारको एउटा फल | केहि छिनपछि जाने काठमाडौँ फर्किने समय आयो - माइक्रो चै सिधै काठमाडौँ जान्थ्यो र आर्को बस चै कतै पसेर बल्ल काठमाडौँ जान्थ्यो | अब मलाई सब पुगिसकेको थियो, आनन्द ले घर फर्किन मन थियो, तेसैले माइक्रो मा चढे | शान्त संग जान पाइयो, रमाइलो थ्यो मलाई त्यो शान्ति | मलेखुमा झरेर माछा खाइयो, केहि कुरा हरु पनि भए |

लगभग १० : ३० तिर बालाजु पुगियो, सब ओर्लियेउ .. आ आफ्नो साइकल समातेर घर तिर लागेउ .. घर पुग्दा त गेट  बन्द रहेछा, बहिनि नि सुतिसकेको हुदो हो, घर्बेतिको नम्बर नि थाह थिएन, वाल चढेरनै   गए भित्र ! फ्रेस भैयो , सुतियो...

[ यो त मेरो मात्र कुरा थियो, लेख्न पर्ने महत्वपुर्ण कुरा त लेखेकै छैन... चाडै नै लेख्ने छु, सायद दशैँ पछी, घर मा INTERNET छैन क्या :p ]

visit for more photos :) 
http://amwrit.blogspot.com/2012/10/photos.html

to be continued ... 

Comments

  1. एती राम्रो यात्रा सस्मरण पस्केकोमा भाई लाई धेरै धेरै बधाई . सुरु देखि अन्तिम सम्म कुनै प्रखर लेखेक ले जस्तो बाध्न सक्ने खुबी रहेको तिम्रो लेखन ले यो यात्रा मा सहभागी नहुने धेरै लाई चुक चुकाएको हुनु पर्छ. तिम्रो हौसला र चिनिया साइकल लाई सलाम . अब अर्को येस्तई यात्रा आयोजना गर्न को लागि हाम्लाई नि हौसला मिलेको छ केहि कमि कमजोरी सुधार्दै. लास्टमा झन् खतरा कौतुहलता ले अन्त्य गर्देको रहेछौ , तेसैले बाकी अंश पद्नालाई हामी झन् ब्याकुल छौँ है . म त मुसुक्क हास्दै पढी रहेथे अन्तिम सम्म त खित्का छोडी हास्दा हास्दा गाला नै दुख्यो :D अझ बस मा भाको रमाइलो छुटायेछौ . ज होश ब्लग खतरा छ . मलाई त भरपुर आनद आयो. लेखन जारी राख्नु सैकलिंग संग संगै . शुभयात्रा !!

    ReplyDelete

Post a Comment

Thanks for the comment! :)