By Ujjwal Thapa (www.whynepal.com)
नेपाल बन्द गर्ने साथीहरु
नेपाल खोलेर त हेर, खोल्दा कति गर्व छ ।
बन्द तोडौँ भन्दा आत्तिएकाहरु
अवेज्ञा गरेर त हेर, मन कति शान्त छ !!
मैले मन घोचेँकोमा रिसाउनेहरु
घोँचेर त हेर, नेपालीलाई जगाउन कति गाह्रो छ ।
आफुलाई नेपाली भन्ने साथीहरु
नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ !!
देश टुक्र्याएर बनाउन खोज्ने नेताहरु
टुक्राएर त हेर, फेरि जोड्न कति गाह्रो छ ।
जात थर देखि डराउने साथीहरु
हटाएर त हेर, आफैंलाई चिन्न कति गाह्रो छ !!
म जँगिएकोमा मनमनै चिडिनेहरु
पोखेर त हेर, यो मन कति हलुन्गो छ ।
देशलाई सरापेर बस्ने साथीहरु
देश सपारेर त हेर, सपार्न कति सजिलो छ !!
हक माग्ने सँग डराएका साथीहरु
दिएर त हेर, दिँदा झन् आनन्द छ ।
अधिकार खोज्दा दायित्व भुल्नेहरु
जिम्मेवार भई त हेर, यसमा झन् सम्मान छ !!
बिदेशीने सँग रुष्ट भएकाहरु
परदेश बसेर त हेर, त्यहाँ बाँच्न कति दु:ख छ।
परैबाट देश भक्ति देखाउने साथीहरु
भित्र आई त हेर, यो देशलाई माया गर्न कति गाह्रो छ !!
मैले सुस्तो हिंडेकोमा रिसाएका साथीहरु
सुस्तरी हिँडेर त हेर, टाढा पुग्न झन् सजिलो छ।
पटक पटक जागेर थाकेकाहरु
फेरी एक चोटी लागेर त हेर, देशलाई तिम्रो झन् खाँचो छ !!
फेरी भन्छु – बन्दमा गुम्सिएका साथीहरु
बन्द खोलेर त हेर, खुल्ला मन कति अमुल्य छ।
फेसबुकमा लडिरहेका नेपालीहरु
सडकमा आएर त हेर, बास्तविकता कति जटिल छ !!
“भुपी शेरचन दाईको “मेरा साथीहरु” कविताबाट प्रभावित”

Comments
Post a Comment
Thanks for the comment! :)