via
के कडा के नरम मदिरा पिएपछि
BABU TRIPATHI
के कडा के नरम मदिरा पिएपछि
हराउँछ सरम मदिरा पिएपछि
बनाउँनेलाई के को दोष सरकार
प्यूँनेले धमाधम मदिरा पिएपछि
हराएको तागत तुरुन्त भेटिन्छ
हुँदैनन् कोही कम मदिरा पिएपछि
जिब्रो छैन भनेर उसलाई नहेप्नू
निकाल्छ सरगम मदिरा पिएपछि
सागर जस्तो शान्त बाबु पनि अचेल
उर्लन्छ एकदम मदिरा पिएपछि
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment
Thanks for the comment! :)