source:
ekantipur.com
रोजगार छैन स्वदेशमा, बिदेसिए नेपाली !
टिष्टा -काँगडा) बेचे अब, पालो महाकाली !!
दाजुभाइमै काटा-काटी, रगताम्मे आँचल !
नेताहरूको ढाड भाँचे, फेथ्र्यो देशले काँचुली !!
कोही तराई, कोही पहाड, चाहियो भन्छन् हिमाल !
खण्ड-खण्ड पार्न थाले, अखण्ड यो नेपाल !!
हत्यारा, भ्रष्ट, बलात्कारी, तिनकै भाग्य असल !
खोल्न बाँकी अब यिनले, बन्दुक-बमको पसल !!
अशान्तिले डेरा जमाई, बसेको छ अटल !
झिरले रोप्न पाए हुन्थ्यो, नेताका मानस पटल !!
स्वीस बैंकमा खाता यिनका, सम्पत्ति छन् अचल !
युद्ध भूमि, लडाइँ भूमि, पारे मेरो नेपाल !!
संविधानसभा जनतालाई, आकाशको काफल !
कुर्सी तान्दै फुर्सद छैन, कैले हुने सफल ??
काम गर्दैनन् यिनीहरू, मात्र गर्छन् बबाल !
मिल्ने भए ती सबैका, लुछ्थे सबैले कपाल !!
पुर्परोमा हात राखी, सोझा जनता बस ल !
नेताका बोक्रे आश्वासनमा, फेरि पनि फसे ल !!
देश सानो दिनदिनै, नेताका भुँडी विशाल !
प्रतिगामी घुस्या नेता, जय जय नेपाल !!
जे भए नि प्यारो मलाई, मेरो देश नेपाल !!

Comments
Post a Comment
Thanks for the comment! :)