The pragmatic's viewpoint (nice viral text...worth sharing):
प्रधानमन्त्री बाबुराम भट्टराईज्यू, राजनीतिभन्दा जीवन ठूलो हो। जीवन धान्ने बाटाहरु खोल्नुस्। बाहिर निस्केर सडकमा आफैँ एक मुठा सागको मूल्य सोध्नुस्, टयाक्सी मिटरमा जान मान्छ कि मान्दैन बुझनुस्, पैदल यात्रुलाई बाटो क्रस गर्न सवारी साधनले समय दिन्छ कि दिँदैन हेर्नुस्। ए बाबा दुईतर्फी सवारी साधन चल्ने ठाउँमा बीचमा लक्ष्मणरेखा कोरेर 'लेन' त छुटयाउन भन्नुस्। सडकमा मिल्केका फोहोर उठाउन भन्नुस्। निजी हुन् ......वा सरकारी , अस्पतालहरुमा गएर भन्नुस्, -पहिले उपचार, अनि पैसा। हुनेलाई बढी तिर्न भन्नुस्, नहुनेलाई 'हामी छौँ' भन्नुस्। अटेरीमाथि डन्डै बर्साएर भए पनि नियम कानुनको पालना गराउनुस्।तपाईँका पार्टीका अध्यक्ष र उपाध्यक्षलाइ अब त भन्नुस्, 'शान्तिका लागि महत्वपूर्ण सहमति भएको छ। कमरेड, अब तपाईँहरु संविधान बनाउनुस्, म देश बनाउँछु।'

Comments
Post a Comment
Thanks for the comment! :)