छिटो नै जाडो लागेछ KU लाई ... बिहान गार्होसंग निन्द्रा खुल्दा बाहिर हेरेको धुवा धुवा देख्छु ..लाग्यो, सायद मेरो आँखा धमिलिएको हो ... एकछिन आँखा मिचेर फेरी हेरे, हैन रैछ ! KU लाई जाडो पो लागेको रैछ .. आफ्नो मसल देखाउन ( होस् या नहोस :p ) टाइट टी-सर्ट लगाउने पुरुषहरु र भर्खर व्याक्सिंग गरेको हात , साथै आफ्नो dieting को कमाल देखाउन महिलाहरुले लाउने त्यो टाइट र स्लीभ्लेस टी-सर्ट अब बिस्तारै देख्न छाडिएका छन् | म देख्छु , लाम्बाउले टी-सर्ट र कसैले त ज्याकेट पनि लाउन थालिसके .. घरि घरि साथिसंग चल्न चहल पहल दिने ति हातहरु खल्ती बाहिर निस्कन मान्दैनन .. फोनमा कसैको * मिसकल आएको छ कि भनेर ( आवोस या नाइँ ), घरि घरि मोबाइल झिक्न लम्किने हातहरु अब कसैको फोन नै आएपनि निस्कदैनन :P |
दिउँसोको अवस्था भने पहिले सरि नै छ .. तर मलाई अचम्म के लाग्छा भने, धेरै जाडो लगेकोछैन, तर पनि KUका सुन्दरीहरु ज्याकेट लाउन थालीसके , तर जिउको तल्लो भागमा चै तेती छिटो जाडो लाग्दो रैन्छ यिनीहरुलाई | पायो भने त सायद बर्ष भर यी सोर्ट्स मै गुजारा गर्न सक्छन , जति सुकै जाडो भएपनि |
अब बिस्तारै आउदै छन् दिनहरु , पुरुषहरुको , तर चहल पहल दिन बाहिर घुम्ने हैन, भित्र मुसा झैँ लुक्ने, स्त्रीहरुको , आफ्नो नयाँ ड्रेस र अरु खै के के देखाउने हैन, कोठामा बसेर कफी या चिया पिउने, अनि आफै आफै गफ हान्ने, र कुरा काट्ने ( त्यो त सायद जुन सिजनमा नि गर्छन होला :p )|
यी सुन्दरीहरुलाई जाडो को एउटा फाइदा चैं छ जस्तो छ , दिनदिनै व्याक्सिंग चैं गर्न नपर्ने भो :D हीही ..
तर मलाई त खोइ केई जाडो को महसुस नै भएको छैन अहिलेसम्म .. तर जब मुख खोलेर श्वास बाहिर फाल्छु अनि बाफ देख्छु, तब बल्ल लाग्छ .. "KU लाई साचिनै जाडो लागिसकेछ" !!!

Comments
Post a Comment
Thanks for the comment! :)