एकातिर छोरीको बिहे गरि सामाजिक कार्य पूरा गर्न पाएको खुसीले ढुक्क भएको मन | तर अर्कोतिर संधैका लागि अरु कसैलाई आफ्नो छोरी जिम्मा लगाएर पठाउदाको पिडा | खुसि र पिडाबिचको दोसाँधमा रुमल्लिएका बाबु-आमा | छोरी र बाबु आमा, अनि केहि नजिकका आफन्त छन् जगियामा | अरु केहि खानकै धुनमा छन | साना भुराहरु उफ्रिदैमा ठिक्क छन | केहि महिलाको जमात दुलहीको गहना, दुलाहाको औंठी इत्यादीको बारेमा कुरा काट्दै छन वा भनौ ‘समिक्षा’ गर्दै छन | दुलहीका साथीहरु एक कुनामा बसेर दुल्हा कति काले, कति फुच्चे भन्दै छन | “अलि अग्लो केटा पाएनन् क्या हो?”, एकले भनि | एउटा कुनामा म छु | कागहरुको बिचमा बकुल्ला | न मलाई जगियातिर ध्यान छ, न त्यो परको रक्सिको बारमा रुची | खान जाउँ भने भोक लागेको पनि छैन | बेलाबेलामा फोन निकाल्छु, यसो फेसबुक र इन्सटाग्राम चलाउछु | फेरी अल्छी लाग्छ | सबैतिर हेर्न थाल्छु, सबैलाई आलोपालो हेर्न थाल्छु | मनमनै कुराहरु खेलाउन थाल्छु | हैट ! कति सार्हो अनावश्यक खर्च गर्न सक्या होलान ! आमाबाबुको हातमा पाँचैवटा औंठी छन् क्यारे | दुलहीले पनि महँगो खालको सारी लगाएकी छे | बनारसबाट मगाएर भारतकै प्र
The posts in here may be my own or copied. NO COPYRIGHT INFRINGEMENT INTENDED :)