Skip to main content

हुँदैन जातीय राज्य [via राजकुमार राई ]

एउटा जनजाती समुदायको  भए तापनि स्वच्छ , विश्वबान्धुत्वको भावना देखेर सार्है khusi  लाग्यो, पढ्नु एउटा जनजाती द्वारा  लिखित एक लेख !


"हुँदैन जातीय राज्य"

राजकुमार राई

'प्रजातन्त्र नासिए त्यसलाई पुनः फर्काउन सकिन्छ तर राष्ट्रियता गुम्यो भने त्यो फर्काउन कठिन हुन्छ'- मैले पढेको कुनै विद्वान्को यो भनाई याद हुन्छ र म झस्कन्छु। सामन्ती ढलेर नवयुगको सूर्योदय भएकामा बिछट्टै खुसी हुनेमा अन्य जस्तै म पनि थिएँ। तर आज केही प्रश्नले झस्काउँछ- अबको संघीयताको मोडल कस्तो हुने? आज मैले टेकेको यो जमिन अब छिट्टै विकास, प्रगति, स्वतन्त्रता र आत्मसम्मानले युक्त होला या अर्को अकल्पनीय दुर्दशामा फस्ला? हामी अब विकासको रफ्तारमा दौडेउँला या आफ्नै अन्तर्कलहले महाभारतको यदुवंशीको हालतमा पुग्ने हो?

निर्माण थाल्दा जसरी जमिन, नक्सा, निर्माण सामग्री, त्यसको अवस्थिति र त्यसप्रति निरन्तर ख्याल गर्नुपर्छ, त्यसैगरी देशलाई नयाँ रुप दिनुपूर्व धेरै कुरा ख्याल गरिनुपर्छ। सत्ता कब्जा गर्ने आशयका साथ उरालिएका लहडी नारामा बहकियौँ भने युगौँ युगसम्म भावी सन्ततिले समेत त्यसको मूल्य चुकाउनुपर्नेछ। हाम्रोजस्तो बहुजातीय मुलुकमा राजनीतिक नाफाका लागि केन्द्र बनाएर ल्याइएको जातीय नारा नै एउटा त्यस्तो मुद्दा हो, जसले मजस्ता वर्गपक्षधर धेरैलाई नया" संविधान नबनुन्जेल झस्काइरहने नै छ।

यो युग विश्वबान्धुत्वको हो। 'वन वर्ल्ड, वन ड्रिम' अर्थात् 'एउटा विश्व, एउटै सपना', गत ओलम्पिक खेलकुदको अवसरमा छिमेकी देश चीनले दिएको नारा हो यो। महान् दार्शनिक कार्ल्स मार्क्सको परिकल्पना उत्तिकै मानवीय थियो। सिमानाविहीन एउटै संसारको परिकल्पना महान् आदर्श कल्पना हो। 'अंग्रेजी भाषा बहिष्कार गर्छौँ' भनिरहेका फ्रान्सेलीहरु त्यो गलत रहेछ भनेर अंग्रजी सिक्न भाषा कक्षामा धुइरिन थालेको दशकभन्दा बढी भइसक्यो। 'भाषिक साम्राज्यवाद' भनेर जति नै उग्र विरोध गर्नेहरुका लागि पनि आजको विश्वको माध्यम भाषा अंग्रजी नै हो। संयुक्त राष्ट्र संघको महासभामा बाबुराम भटराईले अंग्रेजीमै भाषण गरे, नेपालीमा होइन। छुट्टाछुटै देशहरुको साझा संघ 'युरोपियन युनियन' आफ्नो झण्डामा अझै तारा थप्दैछ, एकीकृत हुँदैछ। संकुचित राष्ट्रियता छाडेर मान्छे 'ग्लोबल' जाति हुन खोज्दैछ। मार्क्सले कल्पेजस्तै संसारभर क्रान्तिका मुस्लो उठ्दै क्रमशः विश्व एउटै राज्य भएर साम्यवादीकरण नभएको भए पनि संसार विस्तारै एउटै घरमा रुपान्तरित हुन थालेको छ। भूमण्डलीकरणका नाफा/घाटाका विषयमा आ-आफ्ना ठाउँमा अनेकौ" विश्लेषण हुन सक्लान् तर सूचना र सञ्चारका चमत्कारले, मानवीय, साँस्कृतिक र अन्यरुपले विश्व सनैसनै एउटा गाउँका रुपमा विकसित हुँदो छ।

तर ठीक यतिखेर हाम्रो पूर्खाको मन्त्र 'वसुधैव कुटुम्बकम्' (उदार दिल भएकाहरुका लागि संसारका सबै आफन्त हुन्) बिर्सेर केही बन्धु जातीय आधारमा नै देश भाग लगाउने कुरा गरिरहेछन्। म विलखबन्दमा पर्छु। म जातमा जाउँ कि विश्व बान्धुत्वमा? म कविलाहरुको झुण्डमा जाउँ कि एकीकृत विश्वघरमा? यो खोलापारि मेरो जातिको राज्य, त्यो डाँडातर्फ तिम्रो जातिको राज्य भनेर आँठो बाँध्ने सपना देख्नेहरुलाई म स्वाभिमान, पहिचान र अधिकारको कुरा गर्ने बहादुर क्रान्तिकारी देख्नै सक्दिन। त्यसमा म त देख्छु- सन्ततिको कहालिलाग्दो भविष्य। बाइसे र चौबीसे राज्यको उही पुनरावृत्ति। उही अधोगति। जातीय भाग नलगाएकै कारण यो मुलुक कमजोर भयो, हामी गरिब भयौं र हाम्रा अधिकार हरिए भनेर म मान्न सक्दिन। स्थानीय स्रोत, साधन र पहिचान वृद्धिमा संघीयता सहायक अवश्य हुन्छ तर जातीयता प्रमुख हो भन्ने कुरा मान्न सकिन्न। आजको मानवले कल्पना गर्न पनि नहुने कुरो हो जात। त्यसमाथि सोभियत संघ, इथियोपिया जस्ता राज्य जातीय कारणले विभक्त भएको इतिहास संसारसामु छ।

गणेश रसिकले 'दशगजामा उभिएर' नामको कितावमा लेखेका छन्- 'भट्टराई बाहुनदेखि लिम्बू, क्षत्री, गुरुङ, मगर, नेवार, शेर्पा, थारु, थकाली र विश्वकर्मासँग सम्म वैवाहिक सम्बन्ध गा"सेको भोजपुरका माझकिरा"ती राईहरु हाम्रो परिवार हो।' अनि त्यही सन्दर्भ जोडेर जगदीश घिमिरेले 'अन्तर्मनको यात्रा' मा लेखेका छन्- 'नेपालको मात्रै होइन, संसारभरिकै हरेक परिवार गणेश रसिकको जस्तै रगत मिसिएको परिवार हो। म गणेश रसिक हुँ र गणेश रसिक म हुन्। के फरक छ हामीमा? केही पनि छैन। फरक पार्न खोज्ने झ्याउकिरीका गीतजस्ता नाराहरु, प्रायोजनाहरु षड्यन्त्र हुन्। 'आर्य हुँ' भन्ने कासी गोत्रे चुच्चे अनुहारहरुमा नेप्टा नाक र चिम्सा आँखा कति छन् कति। 'मंगोल हुँ' भन्ने लासागोत्रे नेप्टे अनुहारमा पनि चुच्चे नाक र ठूला आँखा कति छन् कति। ती स्थुल तत्व हुन् तर ती पनि बोल्छन्। लुक्दैनन्। सुक्ष्म तत्वहरुको अध्ययनले किटानीका साथ भन्छ- संसारमा कुनै पनि जात वा जाति चोखो छैन। कुनै परिवार चोखो छैन। कुनै व्यक्ति चोखो छैन, देखिएर वा लुकेर। मान्छे नाक, कान, आँखा, कपाल, रंग, वर्ण, जात जाति, कुल, धन, शिक्षा, भूगोल, र गत केही पनि होइन। मान्छे केवल विवेक र विचार हो।' हो, मान्छे भने विवेक हो। तर पनि नवयुगको उद्घोष गर्ने कोही किन जातको कुरा गरिरहेका छन्? अब हामी जातीयतामा फर्केर कस्तो विकाश र प्रगतिको कुरा गर्ने?

हामी नेपाली व्याकुल माइलाको 'सयौँ थुंगा फूल' का एउटै थुंगो हौँ। हामी थुंगोका पत्रपत्र होइनौँ। हुन सक्दैनौँ। पत्रपत्रमा हाम्रो पहिचान छैन। हामी विश्वले चिनेको 'गुर्खा' हौँ। बुद्ध र सगरमाथाका सन्तान हौँ। हामीले जातका आधारमा राज्य वर्गीकरण र नामाकरण सुरु गर्यौँ भने भोलि गोत्र, थर र मूलजस्ता अन्य कुराबाट पनि राज्य हुनुपर्छ भन्ने तर्क उठ्न सक्छन्। र त्यसलाई नस्वीकारी धर पाइने छैन। अनि सयभन्दा बढी जाति र भाषा भएको मुलुकमा ६,७ जातिले मात्र पाउने भाग? कुनै ठाउँमा हिजो कुनै जातिको वर्चस्व थियो भन्ने आधारमा राज्यको बहस चलाउन थाल्ने हो अवसान भइसकेका पूर्व राजा/महाराजा र तिनका सन्तानले पनि छुट्टाछुट्टै राज्य माग गर्न पाउने भए। तिनका खलकलाई पनि राज्य भाग लाइदिए भो। मल्ल राज्य, सेन राज्य, गोपाल राज्य, महिषपाल राज्य, किरात राज्य, खस राज्य, शाहवंशीय गोर्खा राज्य र अरु थुप्रै राज्य। यसर्थ, जातीय र ऐतिहासिक आधार भन्दै राज्यको कल्पना गर्न थाल्ने हो भने देश बर्बादीमा जानेछ। यसो हुँदा त हिजो ज-जसको नाममा राज्य थियो, तिनले आज अंश पाएझै राज्य पाउने भए र ती वंश र जातबाहेकले राज्य नपाउने भए। अब उनीहरुले चाहिँ कहाँ राज्य खोज्न जाने र कसले दिने? इतिहासमा अनेक मत र विरोधाभाष छन्। हामी जटिलतातिर जाने कि सरलतातिर? समन्वयतर्फ जाने कि झगडातर्फ?

पृथ्वीनारायण शाहको शासन गर्ने महत्वाकांक्षाले नेपाल जन्म्यो तर उनले कसैलाई यो भाषा लेख्न, पढ्न या बोल्न भनेर वर्जित गरेनन्। कसैका साँस्कृतिक अधिकारमाथि बन्देज लगाएनन्। हिन्दु बहुल यो राज्यमा उनले 'मुस्लिमहरुको गाई काट्न पाउने अधिकार' खोसे भनेर आरोप लागेको छ तर दिल्लीका मुस्लिम सम्राट अकबरले समेत आफ्नो राज्यमा गाई काट्नमा प्रतिबन्ध लगाएको श्रुति छ। नेपाली भाषा लादिएको भाषा हो भनेर केही जनजाति नेताहरु 'डलर खेती' गर्दैछन् तर माध्यम भाषा र राष्ट्रिय भाषाका रुपमा स्थापित नेपाली भाषा समृद्ध भाषा हो, जो आज अधिकांश नेपालीले बुझ्छन्। आज नेपाली भाषा नबुझ्ने कति प्रतिशत जनता छन्? बखेडा झिकेर अधिकार प्राप्ति हुन्न। संघीयता बनोस् तर जात र जाति झुण्ड्याइएका राज्य नबनून्। हिजो 'हिन्दु राज्य नेपाल' भन्दा चित्त दुखाउने हामीले कसरी आज नेवा, मगरात, तमु राज्य, किरात राज्य र तामाङ राज्यका कुरा गर्न सुहाउँछ? यो मुलुकको कुन भागमा एउटै मात्रै जातिको वर्चस्व छ?

हजारौँ वर्षको ज्ञान र चेतना संगाल्दै हामीहरु कविला, जातजाति आदिका अनेकौँ साम्प्रदायिक खुडि्कला चढ्दै राष्ट्रसम्म आइपुगेका हौँ। 'इम्याजिन देयर इज नो कन्ट्री' भन्दै विश्व एकताको आह्वान गरेर जोन लेननले गित गाएको धेरै वर्ष भइसक्यो। अनि हामीचाहिँ यो शताब्दीमा डोब, गोत्र र जात खोतल्न थाल्दैछौँ। भुलेर पनि हामीले त्यसो गर्यौँर भने इतिहासले धिक्कार्ने छ। अब अधिकारको खोजी भन्दै फेरि पिता पूर्खाको डोब खोतल्न थाल्ने हो भने हामीले आफूलाई मान्छे नभने भो। हामी किन नजाने रामापिथेकस सभ्यतामा? किन नलगाउने रुखका बोक्रा? किनकि कुनै बेला बाघ र मृगका हाड हाम्रा पूर्खाले लगाउने गहना थिए। रुखका बोक्रा र छाला तिनको बस्त्र। भो छोडिदिउँ जिन्स, कटन र नरम जुत्ता। थालौ"- बोक्रे सभ्यता। राजतन्त्रात्मक व्यवस्था त्यही कविलायुगीन संस्था थियो।

अब त्यसलाई ढालेर अर्को जातीय युगतिर फर्कनु कुनै पनि अर्थमा प्रगतिशील हुन सक्दैन। त्यो युगमाथि धोका हुनेछ। जात र जातीयता सिद्धिएर मान्छेको एउटै जाति हुने कुरा कल्पना गरिएका बेला पुनः जातजातिका राज्य कल्पना गर्नु अपराध हो। कतिले मुखिया चेतनाले ग्रस्त भई यसलाई उरालेका पनि हुन सक्छन् तर त्यसो हुन दिनै हुन्न। कसैलाई बृहत् नेपालको कार्यकारी पदमा पुग्न सक्छु भन्ने कल्पना छैन र ती कुनै छोटेमोटे राज्यको राज्यपति, गाउँपति या मुखिया बन्ने रहरले अनेकौं उट्फट्याङ राज्यको माग गरिरहेछन् भने हामी पनि तिनकै पछि लाग्ने? जातिवाद र क्षेत्रवादको नसा महानसा हो। आशा छ, नयाँ नेपालका कुशल कालीगढहरुले नक्सामा रंग दल्दा जातीयता मेटाइदिनेछन् अनि सयौँ थुंगा फूलको एउटै समृद्ध, मानवीय संघीय नेपाल बन्नेछ।

(राई आरआर क्याम्पसका स्ववियु सभापति हुन।)

Comments

Popular posts from this blog

Timi Uta Ma Yeta (Sunsaan Raat Ma) Guitar Chords - Pratik Gurung Cover - Original by Milan Newar, Rajan Raj Shiwakoti

 I came across this song when Kanden Limbu sang this in Nepal Idol.  He was one of the contestants. I thought it was his original. Surprisingly, it is not. His was based on Pratik Gurung's cover. This is actually a full fledge song with a music video. Here's the original one. However, I like the cover version. Here are the chords for a portion of the song. The chords are based on this tutorial . In the tutorial, plucking is used. You can strum as well if that's what you prefer.  CAPO: 2nd fret STRUMMING: D-DU Plucking used: 5-2-3 (C and Am), 4-2-3 (FT and GT), 6-2-3 (G) Chords: C, Am, G Major, F Major Triad (FT), G Major Triad (GT) NOTE: It's easier if you play G Major in C's original position; just move 2 and 3 fingers one step up.   C                             Am (Sunsan raat ma yo mero aatma FT               GT    C Chasakka bi...

Pokhiyera Ghaam Ko Jhulka Guitar Chords|| Narayan Gopal || Ambar Gurung || Hari Bhakta Katuwal

  Pokhiyera Ghaam Ko Jhulka Guitar Chords || Narayan Gopal  Composer: Ambar Gurung Lyrics: Haribhakta Katwal Vocals: Narayan Gopal Guitar Chords based on tutorial by Nepali E-Chords . I take no responsibility if the chords are not absolutely right. But it sounded good enough for me.  Chords used: G, C, D, Am, Em, Bm Strumming: D-DUDU Intro: D       G      D             G              D      G Pokhiyera Ghamko Jhulka, Bhari Sangharama G                     D                     Em                G Timro Jindagiko Dhoka, Kholu Kholu Lagchha Hai Am                     C  ...

A Mai Re l Kuma Sagar | Hawa Ko Lahar | Guitar Chords | Lyrics

A Mai Re (Hawa Ko Lahar) chords   by  Kuma Sagar Tuning: E A D G B E Capo: 3rd fret [Verse 1] C Cmaj7sus2/B Hawa ko lahar sangai Fsus2 C Udi rahana mann bho ni Fsus2 C Timro tyo baasanaa Am7 G Mann mai chalyo re C Cmaj7sus2/B Hawa ko lahar sangai Fsus2 C Udi rahana mann bho ni Fsus2 C Timro tyo baasanaa Am7 G Mann mai chalyo re C Cmaj7sus2/B Timro tyo boli maa Fsus2 C Magana bhayera Fsus2 C Timro-agadi ful haru pani Am7 G Chham chham chham chham, Nachyo re C Cmaj7sus2/B Am7 G Ooo .. ho ho .. hoo ho ho C Cmaj7sus2/B Fsus2 G Ho ho... Hmm... [Music] [Verse 2] C Cmaj7sus2/B Para baata sundaa Fsus2 C Timro tyo boli Fsus2 C Mutu mai laagera Am7 G Maanai ramaayo re C Cmaj7sus2/B Para baata sundaa Fsus2 C Timro tyo boli Fsus2 C Mutu mai laagera Am7 G Maanai ramaayo re C Cma...