via
Vijay Kumar Panday
१४ फरवरी , भ्यालेन्टाइन डे !
सुषमा मेरो पत्नी मात्र होइन 'बेष्ट फ्रेन्ड' पनि हो । एउटै स्त्रीमा ,
कुनै पनि मानिसले आफ्नो ' पत्नी र सबै भन्दा असल साथीको मिस्रण' पाउनु
अपुर्व भाग्य हो । सुषमालाइ एकताका फिल्म अभिनेत्री अंशुमाला शाही भनेर
बढता चिनिन्थयो । सुषमा उस्को घरमा बोलाउने नाम हो । २०४४ साल तिर ,
चलचित्र अभिनेत्रीहरुका बिषयमा मैले बनाएको एक टेलिभिजन कार्यक्र
निर्माणका दौरानमा मैले सुषमालाइ पहिलो पटक देखे । देख्ने बित्तिकै बेहिसाब
मन पराए । 'लभ एट फस्ट साइट' भन्ने शब्दावलि मेरा निम्ति कुनै किताबमा
पढेको थेगो वाक्य नभएर , जिवनमा आफै महसुस गरेको यथार्त हो । नेपाली फिल्म
इतिहास कै सर्वाधिक शिक्षित र सुस्कृत अभिनेत्री मध्धे एक , सुषमा संग ,
उनले चाहिन भने , म अर्को जिवनममा पनि विबाह गर्न चाहन्छु !
मेरा
तमाम कमी कमजोरीहरुका बाबजुद पनि , सुषमाले आफ्नो तर्फबाट , मलाइ ,
अविरल रुपले माया दिइ राखी । सुषमाको माया म प्रति हमेशा सागर झै एकनास
रहयो । कहिले घटबढ भएन । सुरुका बर्षहरुमा म सित बस्न सजिलो थिएन ।
घरबाहिरका मानिसहरुका निम्ति म एक प्रसिद्ध , सनकी र मनमौजी मानिस थिए भने ,
घर भित्र चाहि आफुले चाहेको कुरा 'हुनै' पर्ने जिद्दी बच्चा जस्तो थिए ।
मेरी आइरिस दिदी ब्रिजिट भन्थी ' सुषमाले घरमा दुइ होइन तिन वटा बच्चा
हुर्काउनु पर्छ । तेस्रो बच्चा हुर्काउन चाहि असमम्भव छ । ' सारा र
सारांस बाहेक ब्रिजिटले संकेत गरेको सुषमाको तेस्रो बच्चा अरु कोहि नभएर म
नै थिए !
सुरुका बर्षहरुमा , ब्रिजिटले मलाइ 'सुध्रन असम्भव
बच्चा ' ठोकुवा गरेता पनि पछि गएर , मेरा महान गुरुहरुको आशीर्बाद र
सुषमाको अनवरत प्रेमले गर्दा मेरो जिवनका पछिल्ला बर्षहरुमा छाएको सुख ,
सन्तोष र शान्ति देखेर आजभोली ब्रिजिट खिस्स हासेर भन्छे ' विजयलाइ देखेर ,
मान्नै पर्ने हुन्छ , यो संसारमा मानिस , यसरी रुपान्तरित पनि हुन सक्दो
रहेछ '
जिवनमा धेरै उतार चढाव देखे पछि मात्र मलाइ महसुस भयो
- प्रेम भनेको 'अपेक्षारहित' रुपले दिने , दिने र दिदै मात्र जाने भावना र
क्रिया नाम रहेछ । अर्को पक्षले 'लिए' बापत केहि फर्काएको छ वा छैन ?
भन्ने हिसाब किताब कहिलै नगरि , दिदै मात्र जाने मानिस साचो अर्थमा
'प्रेमी' शब्दको हकदार हो । यो प्रसंङमा मैले , अत्यन्तै उच्च स्तरको
आध्यामिक प्रेम वा विश्व प्रेमको कुरा गरि रहेको छैन । मैले 'यति' गरे बापत
उस्ले मलाइ 'कति' गर्यो त ? भन्ने हिसाब किताब मनमा आउने बित्तिकै बुझनुस
तपाइ कुनै प्रेममा होइन 'बिजनेश डिल ' मा हुनु हुन्छ । जब एक जोडी , बिना
कुनै हिसाब किताब , एक अर्कालाइ एकहोरो रुपले खाली दिइ मात्र राख्छन तब
भन्न सकिन्छ - वाह ! क्या प्रेम छ !!
त्यस अवस्थामा परम
आश्चर्यको कुरा के छ भने , कुनै अपेक्षा नराखेर तपाइले निरन्तर दिइ मात्र
राख्नु भयो भने भयो भने - तत्काल वा कुनै अर्को दिन भविष्यमा , तपाइले
दिनु भएको भन्दा धेरै गुणा बडी प्रेम तपाइकोमा स्वचलित रुपले आफै आइ पु्ग्छ
। यसको विपरित , यदि तपाइ आफ्नो प्रेमी संग अपेक्षा मात्र राखनु हुन्छ र
तपाइको प्रेमी पनि तपाइ संग माया 'पाउन' मात्र चाह्न्छ, दिन जान्दैन भने
दुबैको भागमा निरासा बाहेक केहि पनि हात लाग्ने छैन । एउटा 'मगन्ते' ले
अर्को 'माग्ने' लाइ के पो दिन सक्छ र ? एक भिखारीले अर्को भिखारीलाइ के पो
दिन सक्छ र ? दुबैले , एक अर्कालाइ अपेक्षारहित रुपले दिइ राखे पो भन्न
सकिन्छ - वाह ! क्या प्रेम छ !!
हुनत आजभोली दुनियामा प्रेमको
नया परिभाषा आएको छ जस्ले भन्छ - 'प्रेम भनेको लिने -दिने बराबर हुनु
पर्छ ' । यो सुनेर मलाइ हांसो उठछ । मानौ प्रेम भनेको अरु केहि नभएर
लेखापालको 'ट्रायल ब्यालेन्स ' हो जहा डेविड र क्रेडिट बराबर हुन अनिवार्य
छ ! नारान गोपाल दाइले गाएको एक गीत छ ;
'मायाको आधारमा
समझौता नै हुन्छ
लिनु पर्ने जे छ
दिनु पर्ने जे छ
त्यो बराबर हुन्छ '
यो गीतका समबन्धमा , मैले नारान दाइ संग एक दिन ठट्टा गर्दै सोधे 'दाइ ,
यो गीत कुनै 'एकाउन्टेन्ट' ले लेखेको हो कि क्या हो ?' सुनेर मस्त हासेका
थिए नारान दाइ । एक छिन पछि जवाब दिए ' यो एक व्यबाहरिक सत्यको गीत हो ,
अल्टिमेट टुथ ( पारमार्थिक सत्य ) होइन ' ।
नारान दाइको त्यो
मस्त हांसो सम्झेर , आज पनि मेरो ओठमा , एक मु्स्कान स्वचलित रुपमा
उत्पन्न हुन्छ । सुषमा मलाइ भन्छे ' जब जब तिमी मस्त भएर खुसीले
मुस्कुराउछौ , मेरो सारा संसार उज्यालिन्छ ! '
( प्रिय फेसबुक
मित्रहरु , आजको यो पोस्टिङ प्रकाशनको तैयारीमा रहेको मेरो पुस्तक बाट
साभार लिइएको हो । यसमा लेखिएका शब्दहरुलाइ त्यसको मुल स्रोत उदधृत गरेर
मात्र प्रयोग गरि दिन हुन बिनित अनुरोध गर्दछु । सबै , सबैलाइ प्रेम
दिवशको शुभकामना । सबैका ह्दयमा प्रेम र शान्तीका भाव बढदै जाउन !!! )
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment
Thanks for the comment! :)