Skip to main content

म लोभी नै रैछु क्यारे

म लोभी नै रैछु क्यारे

एउटा साथीले भन्यो, "तिमी लोभी हो कि हैन, कस्तो कन्फ्युज भए म "|

उसले सिरिअसली नै सोधेको थियो | हामी एक अर्कासंग एक अर्काको बारेमा इमान्दारीका साथ सब राम्रो, नराम्रो कुरा भन्थ्यौ | यो प्रस्नले कतै घोच्यो मलाई - सोध्न बाध्य बनायो | 

यो साथीलाई मनमा लाग्यो र सोध्यो | भनेपछि अरुले पनि यस्तै सोच्दो हुन्? 

के म साचै लोभी छु त?

एउटी साथीले भन्थी, "फोन नि गर्दैनौ, मेसेज मात्रै गर्छौ, त्यो पनि आकल-झुक्कल |कति लोभी हो तिमि | बाहुन त परेउ " |

उसले जिस्काएर भनेकी हुन्थी | तर कहिले काही आफैलाई सोध्थे, "मेरो जातले गर्दा म लोभी भएको हु त?"

हुन त म बाहुन, क्षत्रि कुनै पनि 'लोभी' भनौदो जातमा पर्दिन | जातले लोभी बनाएको हो भनुम भने पनि नमिल्ने भो |

***

पढता ताका त कमाइ थिएन, खर्च गर्ने कुरा भएन | कलेजको फिस तिर्ने नाममा साथीहरु फिसभन्दा धेरै रकम घरबाट मगाएर 'रैला' गर्ने गर्थे| मैले त्यस्तो कहिलेइ गरिन | के म लोभी भाको थिए?

साथीहरु 'रैला' गर्ने नाममा रक्सि खाने निहु खोजिरहेको हुन्थे | कैले नया बर्ष, कैले जांच सकिएको खुसियाली, कहिले कसैको जन्म दिन, कहिले 'मौसमले च्यालेन्ज गर्ने' | म खान्थिन - रुची पनि थिएन र व्यर्थ खर्च जस्तो पनि लाग्थ्यो | के म लोभी भाको थिए?

साथीहरु राम्रा-राम्रा, नयाँ कपडाहरु महिनैपिच्छे किन्थे | नयाँ लाउनु नराम्रो भन्नु खोजेको हैन | हो राम्रो, नयाँ लाउनु मलाई पनि मनपर्छ, कसलाई नहोला | तर अति आवस्यक नपरेसम्म किन्दिन थिए | अरु ब्रान्डेड किन्थे, म चै फुटपाथ धाउथिये | १०० रुपैया भए पनि बचाउन खोज्थे | के म लोभी भाको थिए?

खर्च गर्नु अगाडी, कुनै सामान किन्नु अगाडी म आफैलाई प्रश्न गर्ने गर्छु -
- के मलाई यो अति आवस्यक छ?
- के यो नभए पनि काम चल्छ?
- यो हुँदा र नहुँदा के फरक पर्छ?

जाबो एउटा सामान  किन्नुको लागि कसले यत्रो दुख गर्छ| हो, तपाइको प्रश्न सहि हो | तपाइले गर्नु पर्छ भनेको हैन |

तपाई र मेरो आवस्यकता फरक हुन्छ, हैन? तपाइलाई आवस्यक लाग्ने चिज मलाई फाल्तु खर्च लाग्न सक्छ | तपाइले Adidas र Nikeको ब्रान्डेड जुत्ता ५००० हालेर किनेको मलाई अनावस्यक लाग्छ | मैले ४०००० हालेर किनेको साइकल तपाइलाई फाल्तु खर्च लाग्छ | हो, कसले किन्छ हौ ४० हजारको साइकल? साधारण साइकल चढे भैहाल्थ्यो नि | तपाइले पनि साधारण जुत्ता लाउदा हुदैन र? ५०० मा पाइन्छ न्यु रोडको फुटपाथमा | आखिर तेस्ले नि लगाएर हिड्न मिलिहाल्छ क्यारे |

खर्चै नगर्नु र खर्च गर्नु अगाडी सोच्नुमा फरक छैन होला?

हो, मलाई पनि रहर लाग्छ राम्रो लाउनु, राम्रो ठाउमा खानु | कति महँगो ठाउँमा धाएको पनि छु | अनावस्यक थियो, तर कहिले काही रहर मलाई पनि लाग्छ नि, मान्छे नै हुँ |

भर्खरै दशैं सकियो | दशैं आउनु १ महिना रहंदा साथीहरु शपिंग जानु पर्छ, तलब कहिले आउने हो भनेर चिन्तित हुन्थे| मलाई खासै फरक परेन | एक त मलाई चाड-बाड खासै चासो लाग्दैन,अर्को, शपिंग भन्ने कुरा आवस्यक नपरे सम्म गरिएन | नयाँ चाड आयो भन्दैमा नया लुगा लगाउनु पर्ने जरुरत देख्दिन म | लोभी पो रैछु क्यारे |

एक जनाले भन्यो, "ल ठिकै छ, कमाउने नहुदा सम्म त खर्च बचाएको राम्रो | तर अब त आफै कमाउने भैसकिस, त्यो पैसा जम्मा गरेर गर्छस के?"

हैन प्रभु, पैसा कमाको छु भन्दैमा यतिकै फाल्दै हिड्नु? पैसा नै सबै थोक हैन, बचाएर हुने त केहि पनि हैन हुन त | तर अब मलाई गाडी चाहिएको छैन, तर गाडी किन्ने पैसा छ भन्दैन, हतार हतार गाडी किन्न जानु? बचाएर केहि घाटा भैराको छ र?

आवस्यकता जहिले पनि पर्न सक्छ, तेतिबेला मसंग आवस्यकता पुरा गर्न क्षमता नहोला भन्ने डर लाग्छ मलाई | 

लोभी भए लोभी नै सहि |

***

सायद एक रुपैयाको महत्व बुझ्छु, त्यसैले लोभी छु |

सानोमा २ रुपैया खाजा खाने पैसा घरबाट पाउदा, १ रुपैया बचायो भने जम्मा गरेर घरमा अर्को महिनालाई १ पोका नुन पुग्छ भन्ने बुझेको छु मैले | त्यसैले लोभी छु |

+२ पढ्दा, समोसाखाने १० रुपैया बचाएर भोलिको लागि बस भाँडा पुग्छ भन्ने बुझेको छु मैले | दिनको १० रुप्यैया, महिनाको ३०० रुपैया बुबा-आमाको खल्तीबाट बचाउदा, उंहाहरुलाई कति सहयोग हुन्छ भन्ने बुझेको छु मैले |  त्यसैले लोभी छु |

आज बचाए भने भोलि आवस्यक पर्दा अर्काको खुट्टा ढोग्न जानु पर्दैन भन्ने बुझेको छु मैले | त्यसैले लोभी छु |

खर्च धेरै भएकै कारणले, मानिसहरुले धेरै कमाउनु पर्छ | जति खर्च, त्यति नै अनुपातमा कमाउनु पर्यो | पैसा कमाउनु मनलाग्छ | पैसाको पछी दौडिन थाल्छ | पैसानै सबथोक लाग्न थाल्छ | जसरि होस् | सकेसम्म राम्रै कामबाट कमाउन खोज्छ - सक्दैन अनि कु-बाटोमा लाग्छ - चोरी, ठगि, घुसखोरी | हो यहि कु-बाटोबाट बच्नु छ मलाई | त्यसैले लोभी छु |

खर्च बचाउदा, मलाई धेरै कमाउने आश बढी हुदैन र पैसाको पछि जिन्दगि बर्बाद गर्नु पर्दैन भन्ने बुझेको छु मैले | त्यसैले लोभी छु |

***

खर्च मै पनि गर्छु | तपाई र म मा एती फरक छ कि, तपाई पर्समा भएको पैसा हेरेर, ब्यांक ब्यालेन्स हेरेर खर्च गर्नुहुन्छ, म आवस्यकता हेरेर गर्छु |

तर लोभी नै रैछु क्यारे |

Comments

Popular posts from this blog

Timi Uta Ma Yeta (Sunsaan Raat Ma) Guitar Chords - Pratik Gurung Cover - Original by Milan Newar, Rajan Raj Shiwakoti

 I came across this song when Kanden Limbu sang this in Nepal Idol.  He was one of the contestants. I thought it was his original. Surprisingly, it is not. His was based on Pratik Gurung's cover. This is actually a full fledge song with a music video. Here's the original one. However, I like the cover version. Here are the chords for a portion of the song. The chords are based on this tutorial . In the tutorial, plucking is used. You can strum as well if that's what you prefer.  CAPO: 2nd fret STRUMMING: D-DU Plucking used: 5-2-3 (C and Am), 4-2-3 (FT and GT), 6-2-3 (G) Chords: C, Am, G Major, F Major Triad (FT), G Major Triad (GT) NOTE: It's easier if you play G Major in C's original position; just move 2 and 3 fingers one step up.   C                             Am (Sunsan raat ma yo mero aatma FT               GT    C Chasakka bi...

Bikharney Ka Mujhko Shauq Hai Bada | Qala | Guitar Chords and Lyrics

Full song here:  https://youtu.be/-lcd1ixHqjE?t=670  or here  https://youtu.be/1Hd7Gl_mLzw G                                             C Bikharney Ka Mujhko, Shauq Hai Bada G                D                        C  G  D Sameitega Mujhko, Tu Bata Zara... G                                                C Haaye, Bikharney Ka Mujhko, Shauq Hai Bada G                D                        C  G  D Sameitega Mujhko, Tu Bata Zara... G D G G        ...

Pokhiyera Ghaam Ko Jhulka Guitar Chords|| Narayan Gopal || Ambar Gurung || Hari Bhakta Katuwal

  Pokhiyera Ghaam Ko Jhulka Guitar Chords || Narayan Gopal  Composer: Ambar Gurung Lyrics: Haribhakta Katwal Vocals: Narayan Gopal Guitar Chords based on tutorial by Nepali E-Chords . I take no responsibility if the chords are not absolutely right. But it sounded good enough for me.  Chords used: G, C, D, Am, Em, Bm Strumming: D-DUDU Intro: D       G      D             G              D      G Pokhiyera Ghamko Jhulka, Bhari Sangharama G                     D                     Em                G Timro Jindagiko Dhoka, Kholu Kholu Lagchha Hai Am                     C  ...