Skip to main content

Posts

Showing posts with the label Festivals

मैले नबुझेको दशैं

मैले नबुझेको दशैं   तल लेखिएका कुराहरु , मैले भोगेका , समाजमा देखेका अनुभवहरुमा आधार भै लेखिएका हुन् | कसैको जीवनसंग मेल खान गएमा , संयोग मात्र हुनेछ | कसैलाई आपतिजनक लागेमा , "SUE ME " ;)  PS: I am not a 'literary' writer. I can't even read novels. So, please don't judge my writing from a literary perspective. :D  Dashain source : imnepal.com " आहा , भोलिबाट दशैं.. " ऊ उत्साहित छ तर म छैन | उसको अनुहारमा खुसीको उज्यालो देख्छु , तर मेरो जीवनमा खासै फरक परेको छैन , जस्तो थ्यो तेस्तै छ |  हैन , त्यो खुसि के को ? मैले दशैंको कुन पाटो बुझेको छैन ? के छ दशैंमा तेस्तो खास खुसीको कारण जुन मैले अझै बुझ्न सकेको छैन ? घरबाट टाढीएर बसेकाहरुलाई धेरै समय पछि घर जानको खुसि होला , आफ्ना बाबु आमा , आफन्त र मित्रहरुलाई भेट्न पाउने खुसि होला...तेइ हो त मैले बुझ्न नसकेको ? " तेरो पो घर काठमाडौँमै छ , बाउ आमा संगै छन् , तेइ भएर तलाई खासै फरक नपरेको" भनेर भन्दा हुन् | म त घरबाट कैलेइ टाढा नबसेको जस्तो कुरा पो गर्छन गाठे ! तिनीहरु