Skip to main content

Posts

Showing posts with the label Engineering

छोरो कम्युटर ईन्जिनियर! #Engineer via #Prbht #Nepal

via  http://www.prbht.info/2012/04/blog-post_13.html?showComment=1342543676758#c6721333420363115180 छोरो कम्युटर ईन्जिनियर! मैले सन २००० मा कम्युटरको प्रारम्भिक तालिम लिएको थिए। त्यो बेला प्रवेशिका परिक्षा दिए पछि कम्युटर सिक्ने फेसन नै थियो भन्दा पनि हुन्छ, जस्ले आफ्ना छोरा छोरिलाई प्रवेशिका पछि कम्युटर कक्षामा हाल्दैनन् तिनलाई सोसाईटिमा परिदैन कि भन्ने चिन्ता थियो, सहर बजारमा नै बसे पनि त्यो बेला त्यत्रो खर्च गरेर कम्युटर पढाउने भनेको ठुलै कुरा हुन्थ्यो। मेरो बुवाले नि मलाई एक ठाँउमा कम्युटर सिक्न पठाउनु भयो। त्यहि नै थियो मेरो कम्युटरको औपचारिक कक्षा, त्यसले नै मलाई कम्युटर क्षेत्रमा नै अगाडि बढ्न प्रेरणा दिएको थियो। आज पछाडि फर्केर हेर्दा १२ बर्ष पुगि सकेछ मैले किबोर्डमा पहिलो पटक औला चलाएको पनि। त्यो बेला कम्युटर सिक्नु भनेको टाईपिङ गर्न जान्नु हो भन्ने नै हुन्थ्यो, साँझ पख समकक्षिहरुसँग कुन औलाले कुन कि हान्ने भनेर धाक लगाईन्थ्यो। त्यो बेला अरुले बनाएको टुल्स एण्ड सफ्टवयर चलाउन जान्दा के के न जाने जस्तो लाग्थ्यो भने अहिले आफैले सफ्टवयर लेख्ने हुदाँ पनि मैले अझै