“ तपाईलाई थाहा छ , म एकदम ठुलो साहुजी हो ! मेरो नांग्लो पसल छ .. गोपी कृष्ण हल , अझ चाबहिलको जसलाई पनि गएर सागरको बारेमा सोध्नुस , सबले चिन्छ मलाई ! ठुलो पसल हुने मात्र साहुजी हो र ? म पनि त साहुजी हो नि , म हूँ नांग्लो पसले साहुजी ” भनेर कोइ बोलिरहेको थियो . . मेरो एक्कासी ध्यान आकर्षण भयो ...
कुरा October 7, 2010 को हो | दशैंको बिदा भएकोले म र मेरो साथी दिपेन KU ( Kathmandu University ), धुलिखेल बाट काठमाडौँ आउंदै थियौ | कोटेश्वरमा झर्यौ | रातको तेस्तै ६ : ३५ जति हुँदो हो , हामी बसपार्क जाने गाडी कुरिरहेका थियौं | गाडी नभाको हैन तर हामी माइक्रोमा गए छिटो पुगिन्छ भनेर माइक्रोमा जाने बिचारमा थियौ | केहि नलागेपछि एउटा ठुलै बसमानै चडेउ | तीनकुने , एरपोर्ट , गौशाला हुदै जय बागेश्वरीसम्म पुगियो | त्यसपछि त्यहाँ हल्का जाम भो | एउटा कानमा मोबाइल राखेर खै के नेपाली गाना सुन्दै दिपेन कराउदै थियो , “ कति जाम हुन्छ है नेपालमा ?”. २० मिनटको जामपछी धन्न चाबहिल पुग्यो गाडी | मान्छेहरु चड्ने, ओर्लने गर्दै थिए | “ प्रेसर हर्ण बजाउनु न दाई ” भन्दै थियो खलासी हीरो , अगाडिको बसले साइड नदिएकोले | 😜 त्यसपछि गाडी अगाडी बढ्यो , अनि गोपी कृष्ण हल अगाडी एउटा ३० ,३५ बर्षको , शर्ट , जिन्स र ड्याम बूट लगाएको त्यो मान्छे हठमा केहि सामान लिएर गाडीमा चड्यो र चड्ने बित्तिकै , बर्बराउन थाल्यो | ऊ भन्दै थ्यो , “म नांग्लो पसले साहुजी हूँ”, र एक्कासी मेरो आँखा त्यता गयो | दीपेन भने अझै खोइ के गीत सुन्दै थियो , ‘जिन्दाबाद’को होला सायद | आजकल यो जिन्दाबाद भन्ने खूब चर्चा मा छ है ? 😁
“ म नांग्लो पसलको साहु हूँ | म त येही बोनटमै बस्छु ” , अझै बर्बराउदै थ्यो हाम्रो साहुजी सागर | रोड को छेउ म नांग्लोमा सामान ( चुरोट , चिविंग गम , चकलेट आदि ) बेच्दो रहेछ | उसको नाम सागर हो या हैन , तर ऊ चै येही नै भन्दै थ्यो | सागरको कुराले मलाई एउटा पुरानो भनाइ याद आयो … “मान्छे भाग्यले हैन , कर्मले ठुलो हुन्छ” | साँचो हो नि हैन र ? आखिर काम नै त हो मान्छेलाई जीवन मा जिताउने , जीवन सफल बनाउने | मलाई खुसि लागिरहेको थ्यो त्यो मान्छेको कुराले , जस्तै भएनी काम गर्दो रैछ आफ्नो र आफ्नो परिवारको लागि | रत्नपार्क र जमल को आकाशे पूल बाट हिंड्दा, (अरु रोअद बाट क्रोस गरेनी म चै आकाशे पूल नै प्रयोग गर्छु , तपैहरु नि प्रयोग गर्नुस है :)) हरेक चोटी तेही माग्ने हरु देख्थे , कोइ टाउकोमा , कोइ खुट्टामा पट्टि बाधेर भिग मागिरहेको अनि हास्थे | तर आज कोइ नेपालीले सानो कामलाई पनि एती ठुलो मानेको सुनेर म साँचीनै खुसि थिए , त्यो मान्छे नचिनेको भएपनि | सागरको बोलि सुन्दा लाग्थ्यो, कि त ऊ मानसिक रोगि हो , कि चै दसैँ लागेछ दिउसै . 😜 | जे होस् , कुरा चै सहि नै गरेको थए | मैले सुनेको थए , मान्छेहरु रक्सि लागेपछि साँचो बोल्छन | सहि रैछ क्या हो ?
सागर बोलेको बोल्यै थियो | आज बिहान मात्र हेरेको हिन्दी फिल्म अन्जना अन्जानी को dialogue सागरको मुख बाट पनि सुनियो | सब जड्याहाको उस्तै हुन्छ क्या हो कुरा पनि | कति बोल्न सक्छन कुन्नि !
त्यो खाएको जाड बकवास कुराको रुपमा निस्किएर नसिद्धिएसम्म बोलेको बोल्यै थियो | उसकै छेउमा बसेका दुइजना पुरुषहरु पनि सागर को कुरामा त्यति रुची देखाई रहेका थिएनन | एउटा भने कतिनै मजा लिएको झैँ टाउको हल्लाउदै थियो | दिपेनले देखाएपछी मात्र मैले याद गरे |
( यो लेख लेख्दा छेउमा रहेको मेरो TVमा बज्दै थियो, “ बिदेशी डलरले बिगार्यो कलरररर…” | तितो सत्य आइरहेको रहेछ | Acting देखेरै हाँसो लाग्छ | कति over गर्छन भन्या | अनि दिपकको थोते छोरा त ठुलो पो भैसकेछ, दांत नि आएछ, कस्तो बिल्ला देखेको ! )
गाडी धुमबाराहीतिर पुग्न आटेको थियो | सागर भने अझै बकवास गर्न बन्द भएको थिएन | ऊ driver दाई संग खै के बोल्न थालेछ, त्यहि मौका पारेर उसको छेउमा बसेका दुईजना मान्छेहरु भागेर पछाडीको सिटमा आए | सबै हाँस्दै थिए | तर त्यहाँ एउटा बसेकी महिलालाई भने अति नै रिस उठेछ क्यारे, “चुप लाग्नु!” भनेर कराइन |
जड्याहा त पर्यो, सागर झन् चर्को स्वरमा कराउन थाल्यो | ऊ भन्दै थियो , “ म किन चुप लाग्नु? म त कराउने हो | आफ्नो घर छोडेर म बनस्थलीमा कोठा लिएर बसिराछु | नानीले नि यस्तो भन्यौ भने म कहाँ जानु?”
कत्ति नै आफ्नो नातेदार नै पर्ने झैँ सागर दुखेसो पोख्दै थियो “नानी” संग | 😆 ति महिला झनै रिसाइन र खै के गालि दिईन | त्यस्तै लाग्यो, राम्ररी सुनिएन | उनको छेउमा बसेका पुरुषले ति महिलालाई नकाराउन भने | जड्याहाको मुख पनि किन लाग्नु, सकिने भएपो !
एक्कासी मेरो छेउ सिटमा बसेको एउटा केटाको मोबाइलमा Justin Bieber को ‘BABY’ भन्ने गित बज्यो र म हास्न थाले एउटा भिडियो सम्झेर | के भिडियो थियो, म भन्दिन ल? 😂
सब सागरसंग रिसाईरहेका थिए सायद, तर म भने उसको कुरा मज्जा संग सुनीरहेको थिए, केहि लेख्ने कुरा पाईरहेको थिएँ | अस्ति केहि लेख्न खोज्दा लेख्न सकिन, आज मौका पाउँदा किन छोड्नु?
यसैबीच एकजनाको मोबाइलमा रिंगटोन बज्यो, सायद कल नै आएको थियो होला | आतिएर कल उठाउन खोज्दा, मोबाइल नै खस्यो, हाहा!
म एकछिन हाम्रो मुख्य पत्र सागर बाट ब्रेक लिंदै थिएँ | एता driver दाइले ब्रेक लगाए | झ्याप्प गाडी रोकियो, मेरो टाउको अगाडीको सिटमा ठोकियो | आइया! एसो हेरेको त जाम पो रहेछ | Driver दाइले घुमाएर अर्को बाटो जाउँ क्या भन्दै थिए | यो सुनेर हाम्रो हिरो जंगियो | “किन घुमाउने? कसले के गर्दो रहेछ, मा हेर्छु | महाराजगंज भनेको त मेरो घर हो नि | कोहि ट्राफिकले केहि गर्न खोज्यो भने मा छु, नडराउनुस के बा!” - ठुलो ठुलो स्वरमा सागर कराउन थाल्यो |
“नानु, तिमीलाई मैले खुब फुर्ति गरे जस्तो लागीरा होला है?” सागरले ति महिलालाई सोध्यो | महिला भने ध्यान नै दिईनन | सागर को यो कुराले म चै चकित भए , जाडको तालमा पनि अलि कति sense बाँकी रहेछ क्यारे भन्दै |
“कति लामो जाम हो भन्या?” दिपेन एक्कासी बोल्यो | जाम साँचीनै निकै लामो थियो | एक्कासी सागरलाई बिर्सेर हामी नेपाल र अम्रिकाका रोडहरु र systematic urbanization को बारेमा कुरा गर्न थाल्यौ | करिब १५ मिनेट पछी जाम खुल्यो | मैले अगाडी हेरे, सागर अझै चुप भएको रहेनछ | Blogमा पोस्ट गर्न एउटा फोटो खिच्नु खोजे, तर उज्यालोको कमीले गर्दा राम्रो आएन | अनि मैले बाल दिए |
खलासी दाइ आएर भाडा उठाउन थाले | जब सागरसंग उसले भाडा मागे, अनि सुरु भयो सागरको चिच्याहाट | सागर र खलासी दाइको बादबिबाद निकै नै रमाइलो भयो | दुवैजना कुट्ने र कुटाउने कुरा गर्दै थिए |
“मलाई झापु हान्ने तैले? छोएर मात्र देखा !” सागर चेतावनी दिदै भन्दै थियो | अघिनै सागरको बकवासले वाक्क भएका ति मोट लाहुरे दाइ बादविवादको बीचमा बोले, “ खलासी भाइ, त्यसले भाडा दिएन भने बरु मै दिउला, त्योसंग मुख नलाग तिमि|” सायद सागरको बकवासले अब चै उनको सहनको सिमा नाघीसकेको थियो |
“उ, त्यहाँ छ Morgan College, अहिलेको सबैभन्दा चलेको कलेज रे! खुब ad दिरहेको हुन्छ जता जहाँ तहीँ | यो लाइनमा कति धेरै कलेज यार|” दिपेन फेरी बोल्यो एक्कासी |
साँची हो, कलेज यति धेरै खुलिसके, चाहिएको भन्दा धेरै नै बढी | कुनै बेला थियो, जब रानाहरुले पढ्न दिएका थिएनन, लुकी लुकी पढ्नु पर्थ्यो रे | अहिले भने यति धेरै पढ्ने ठाउं छ, को राम्रो, को नराम्रो छुट्टाउन गार्होहुने भैसक्यो | कलेज join गर्नु पहिले, कलेज छान्ने कोर्स लिनु पर्ने बेला आइसक्यो |
सागरको बकवास गफ, जाम, दिपेन र मेरो कुरा कानी हुँदाहुँदै गोंगबु आइपुगेछ | म ओर्लिन भनि ढोकातिर लागे | संधै दुइजनाको भाडा २० तिर्ने गरेकोले, मैले २० रुपैया दिए | तर त्यो खलासी त लास्ट खोस्टा रहेछ, बढी पो माग्न थाल्यो | असली नेपालीको परिचय दिहाल्यो नि | दिपेनलाई ५ रुपैया दिनु भनि म ओर्ले | हातमा ब्याग बोकेर म लखर लखर घर तिर लागे |
यात्रा रमाइलो भो | अलि कति जामले गर्दा १ घण्टाको बाटो २ घण्टा लग्यो घर पुग्न | तर यो त संधै हुने कुरा हो काठमाडौँमा, बानि नै परिसक्यो | पहिलोचोटी जामको केहि फाइदा चाँही भयो है | मैले लेख्ने कुरा पाए | त्यसैले काठमाडौँको जाम र त्यो सागरजी लाई पनि धन्यवाद|
जाड नै खाएर बोलेकोभए पनि एउटा चै सही कुरा भन्दै थियो, ऊ पनि साँचीनै ठुलो साहु हो, उसको लागि त्यहि नांग्लो पसल नै ठुलो हो | मान्छे कामले ठुलो हुन्छ, कामले |
mero patra(mukkhya patra) le desh ko istiti bech bech ma haldai katha lai naya mod ra aakarsak banaune kaam gareko rahecha...aagaami din haruma ni yestai sanjog le saath diyema yestai utkrista choto tara maarmik ghatana ko tukrale hami lai manoranjan didai garnuhola dhanyabaad... jainepal!!!
ReplyDeletehaha..jai nepal.. bhawishya ma kunai esto ghatna bhaye awashya pani lekhne nai chu :)
ReplyDeletePardnu ramailo lagyo. Keep it up. :)
ReplyDeletethanks :)
ReplyDeleteSagar paatra ramailo,arthapurna sandesh pani deko chha..
ReplyDeletewell written :)
dukha lagdo chai,duie barsa pachhipani Nepal khas pariwartan vayena,gaadi,jam,college,raksi,aakaasepul...
hehe tei ta..
ReplyDelete